Saturday, June 27, 2015

कम्लरी आन्दोलनलाई फर्केर हेर्दा

सन्तोष दहित
एक समय थियो तराइका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत र पुर्व कपिलबस्तु, रुपेन्देहि, चितवन लगायत राजधानीका केहि सडक र सिहंदरबार अगाडी १२ वर्षदेखि माथिका मुक्त कम्लरी र उनिहरुको अभिावक, थारु विद्यार्थी, थारु कल्याणकारिणी सभाका समर्थकहरु हातमा लाठि बोकरे सडकमा ओइरिएकाथिए । कारण थियो आफ्नो सहकर्मी साथि र आफ्नै चेलि लालमटिकी १२ वर्षि श्रृजना चौधरीलाई जिउदै आगो लगाएर हत्याको विरोधमा । जब उनिहरु २०६९ चैत्र १४ गतेका दिन कमलरी श्रृजना चौधरीको आगलागि मृत्यु भएको विभिन्न पत्रपत्रिका तथा एफ.एमबाट खबर पाए । त्यस लगत्तै तिनीहरुले कमलरी क्षेत्रमा काम गर्ने विभिन्न संघसस्था देखि मानवअधिकार, महिला अधिकार क्षेत्रमा काम गर्ने संघसस्था, राजनीतिक दल, थारु कल्याणकारिणीका अगुवा तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए । त्यसपछि उक्त घटना रहस्यमय भएको भन्दै घटनाको निष्पक्ष छानविन र दोषिलाई कानुनी दायरामा ल्याई पिडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै २०६९ चैत्र १६ गते दाङको सदरमुकाम घोराहीमा वृहत दबाब ¥याली निकालियो । करिब ३ दर्जन भन्दा बढि सरकारी तथा गैरसरकारी संघसस्था, राजनीतिक पार्टिका प्रमुख तथा प्रतिनीधि, मानवअधिकार क्षेत्रमा कामगर्ने प्रमुख तथा प्रतिनीधिहरुको हस्ताक्षरगरि नेपाल सरकारका तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायत गृहमन्त्रालय, महिला तथा वालवालिका समाज कल्याण मन्त्रालय, महिला मानवअधिकार आयोग लगायतमा दाङगका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठायो । तर त्यसको सुनुवाइ नभएपछि क्रमसै त्यो घटना सेलाइ रहदा दाङमा कमलरी क्षेत्रमा काम गर्ने गैरसरकारी सस्था मुक्त कमलरी विकास मञ्च, स्वान, एफएनसी त्यस घटनालाई सेलाउन नदिनको लागि विभिन्न राजनीतिक पार्टी देखि अन्य संघसस्था, मानवअधिकार, पत्रकारहरु संग नियमित छलफलमा रहयो ।

त्यसैगरि थारु जातिका चेलीमाथि भएको घटनाको बारेमा थारु कल्याणकारिणी सभा दाङले त्यो घटनाको बारेमा नजिकबाट हेर्ने काम ग¥यो । थारु कल्याणकारिणी सभाको जिल्ला कार्यसमितिले आकस्मिक वैठकवसि घटना रहस्यमय रहेको भन्दै घटनाको घोरभत्सर्ना पनि ग¥यो । त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउने देखि लिएर दिनदिनै डेलिगेशन पनि गयो । त्यो पनि नभएपछि थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरी र सचिव सन्तोष दहित र मुक्त कमलरी विकास मञ्चका पुर्व कार्यक्रम प्रवन्धक तथा हाल कानुनि सल्लाहकार फकला थारु, स्वानका अध्यक्ष कृष्ण कुमार चौधरीविच छलफल भयो ।  त्यसपछि थारु कल्याणकारिणी सभा दाङले जिल्लामा रहेको विभिन्न थारु संघसस्थाका प्रमुख तथा प्रतिनीधिहरुलाई र राजनीतिक पार्टीका भातृसंगठनका थारु नेताहरुलाई सर्वपक्षिय वैठक वोलायो । त्यहि सर्वपक्षिय वैठकमा थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको संयोजकत्वमा कमलरी प्रथा उन्मुलनको लागि संयुक्त संघर्ष समिति गठन गरि त्यहिदिन पुन विज्ञप्ती निकालियो । विज्ञप्तीमा कमलरी सृजना चौधरीको घटनाको निष्पक्ष छानविनगरि दोषिलाई कार्वाहीको लागि ७ दिन अल्टिमेटम दाङका प्रमुख जिल्ला अधिकारीलाई दिइएको थियो । तर त्यो पुरा नभएपछि कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति दाङको वैठक वसि पहिलो चरणको आन्दोलन सार्वजनिक ग¥यो । 
पहिलो चरणको आन्दोलन
कमलरी सृजना चौधरीको घटनाको सत्यतथ्य छानविन, कमलरी मुक्त नेपाल घोषणा हुनपर्ने लगायत ७ वुदे माग राख्दै पहिलो चरणको आन्दोलन २०६९ चैत्र ३० गते पत्रकार सम्मेलन गरेर पश्चिम तराइको पाँच जिल्ला वन्द कार्यक्रम सार्वजनिक ग¥यो । सोहि अनुसार २०७० वैशाख ३ र ४ गते दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्ला वन्द ग¥यो । र, वन्दको अन्तिम दिन अर्थात वेशाख ४ गतेका दिन एक हप्ताको समय दिएर बन्द कार्यक्रम फिर्ता लियो । त्यसपछि पहिलो चरणको आन्दोलन पश्चात २०७० वैशाख ७ गते समिक्षा वैठक वस्यो । र, वैठकमा केन्द्रिय स्तरका संघर्ष समिति वनाई आन्दोलनलाई अझै सशक्तपार्ने निर्णय गरियो । त्यहि निर्णय अनुसार २०७० वैशाख ११ गते वर्दियाको भुरिगाउँमा पश्चिम तराइका पाँच जिल्लाका थारु वुद्धिजीवि राजनीतिक पार्टीका भातृसंगठनका थारु नेताहरु, थारु कल्याणकारिणका केन्द्रियदेखि जिल्ला पदाधिकारीहरु र कमलरी क्षेत्रमा काम गर्ने संघसस्थाहरुको छलफल भयो । उक्त छलफलबाट थारु कल्याणकारिणी सभाको केन्द्रीय उपाध्यक्ष मानवहादुर चौधरीको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरियो ।
  
दोस्रो चरणको आन्दोलन
२०७० वैशाख ११ गते वर्दियाको भुरिगाँउमामा भएको सर्वपक्षिय वैठक अनुसार कमलरी प्रथाका उन्मुलनका लागि संयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय बनायो । उक्त समितिले दोस्रो चरणको आन्दोलन अनुसार जेठ १४ गते देखि १९ गतेसम्म ७ वुदे माग राख्दै  तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी देखि लिएर प्रमुख राजनीतिक पार्टीका शिर्ष नेताहरुलाई ज्ञापन पत्र वुझाएको थियो । त्यसपछि पनि केहि नभएपछि संघर्ष समितिले १ महिना पनि पुन जेठ ११ गते नेपालगञ्जमा वैठक वसि तेस्रो चरणको आन्दोलन सार्वजनिक ग¥यो ।
तेस्रो चरणको आन्दोलन
कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलनवाट पनि कुनै उपलब्धी हात पार्न सफल नभएपछि वाध्य भएर तेस्रो चरणको आन्दोलन सार्वजनिक ग¥यो । त्यसपछि पुन वैठक वसि थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरीको नेतृत्वमा मुल संघर्ष समिति गठन गरियो । त्यसपश्चात तेस्रो चरणको आन्दोलनमा राजधानी देखिलिएर जिल्लासम्म एक हप्ता शान्तीपुर्ण आन्दोलन गर्ने र त्यसपछि पनि नभए तराइका २२ जिल्ला वन्द गर्ने लगायत कार्यक्रम नेपालगञ्जमा २०७० जेठ ११ गतेका दिन पत्रकार सम्मेलन गरेर सार्वजनिक गरियो । सोहि अनुुसार तेस्रो चरणको आन्दोलनमा जेठ १४ गते देखि राजधानीको रत्नपार्क शान्तिवाटिकामा धर्ना कार्यक्रम गरेर सुरुवाट गरियो ।
यसरी राजधानीको शान्तिबाटिकामा धर्ना कार्यक्रममा जेठ १४ गते देखि १६ गतेसम्म पनि खासै सुनुवाइ नभएपछि पश्चि तराइको पाँचै जिल्लामा जेठ १७ गते देखि जिल्ला प्रशासन अगाडी धर्ना दिने सुरु भयो । यता राजधानीमा धर्ना दिन पुगेका कमलरीहरुले आफुहरुको मागको विषयमा केहि पनि चासो नदिएपछि जेठ १७ गतेकादिन सिंहदरवारको दक्षिणको गेट नजिकै हनुमानथान चोकमा पुगेर सिट्ठी बजाएर सरकारलाई ध्यानाकर्षण गराए । यसरी जेठ १८ गतेसम्म पनि शान्तिवाटीमा शान्तीपुर्ण तरिकाले धर्ना दिदा राज्यले कमलरीहरुको मागप्रति गंभिर नभएपछि जेठ १८ बेलुका वैठक वसि संघर्ष समितिका पदाधिकारी लगायत पुर्व कमलरीहरुले कठोर निर्णय गर्न पुगे । उनिहरुले जेठ १९ गते कुनै पनि हालतमा ज्यान गएपनि आफनो मागको सम्वोधन गराउनको लागि सिंहदरबार घेराउ गर्नेमा पुगे ।

 यसरी सिंहदरबार घेराउन गर्न गएका पुर्वकमलरीहरुमाथि प्रहरीले दमन ग¥यो । जुन दमनले एक दर्जनभन्दा बढी मुक्त कमलरी वहिनिहरु गंभिर घाइटे भए भने कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति केहि पदाधिकारी लगायत ७० जना पुर्वकमलरीहरुलाई प्रहरीले गिरफ्तार ग¥यो । 
त्यसपछि कमलरी माथि भएको दमनको विरोधमा विभिन्न राजनीतिक पार्टी, गैरसरकारी संघसस्था, मानवअधिकारहरुले विज्ञप्ती जारी गरे । २०७० जेठ २० गतेका दिन राजधानीमा रहेको संयौका संघसस्थाहरुको उपस्थितिमा वैठक वस्यो । साथै त्यहि २० गतेका दिन पत्रकार सम्मेलन गरेर जेठ २१ गते देखि तराईका २२ जिल्ला अनिश्चिकालिन बन्दको घोषणा ग¥यो । साथै २१ गतेका दिन राजधानीको मुख्य मुख्य बजारमा कमलरी माथि भएका दमनको विरोध ¥याली निकाल्ने निर्णय गरियो । सोहि निर्णय अनुसार राजधानीको मुख्य मुख्य वजारमा सरकारको विरोध गर्दै नाराजुलुस सहित हजारौको संख्यामा विरोध ¥याली पश्चात हनुमानथानमो कोणसभा गरियो । त्यहिबेला नेपाल सरकारर्फबाट महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयका तत्कालीन मन्त्री माननिय ऋद्धिबाबा प्रधानको नेतृत्वमा वार्ताटोलीको चिट्ठी आएपछि संघर्ष समितिको वैठकवसि थारु कल्याणकारिणी सभाका केन्द्रिय अध्यक्ष एवम संघर्ष समितिका संयोजक चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पुर्व सभासद शान्ता चौधरी, सुकदैया चौधरी, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, मुक्त कम्लरी विकास मञ्चका कार्यक्रम फकला थारु, सन्तोष दहित, र पुर्व कम्लरी कौशिला चौधरी, कृष्णि चौधरी लगायतको ९ जनाको टोली वार्तामा जाने निर्णय गरियो । उक्त बार्ता टोलीको प्रवक्ताको जिम्मेवारी सन्तोष दहितलाई दिइएकोथियो । त्यसपछि वार्ता र आन्दोलन संगसैग लगियो । यसरी ४ दिनको वार्ता छलफल पछि सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति विच २०७० जेठ २४ गते  राति ११ बजे १० वुदे सहमति भयो । 
यसरी लामो समयसम्म आन्दोलन पछि कमलरी प्रथा उन्मुलनको लागि संयुक्त संघर्ष समितिले केहि सफलता पाएको छ । 
आन्दोलनको मुख्य सफल्ताका केहि वुँदाहरु निम्नछन्ः–
नेपालमा कमलरी मुक्ती घोषणा ।
कमलरी सृजना चौधरीको घटनाको निष्पक्ष छानविनको लागि उच्च स्तरिय छानविन समिति गठनगरि अनुसन्धानको लागि समिति फिल्डमा खटेको जानकारी । 
मृतक सृजना चौधरीको परिवारलाई तत्कालको लागि ५ लाख र मेघि चौधरीको परिवारलाई १ लाख ५० हजार राहत उपलब्ध गराइसकेको ।
मालिको घरमा कमलरी लागेको वेला वेपत्ता भएका कमलरीहरुको छानविनको लागि उच्च स्तरिय छानविन समिति गठन गरि छानविन प्रक्रियामा अगाडी वढाएको ।
कमलरीहरुको लागि शिक्षा निर्देशिका २०६८ लाई परिमार्जन गर्ने प्रक्रियामा अगाडी वढेको ।
पुर्वकमलरी हरुलाई परिचयपत्र वितरण तयारीमा । 
अन्य वुदाँ प्रक्रियामा गइरहेको जानकारी ।
मुक्त कम्लरी दिवस मनाउने सुरुवाट
          सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति विच भएको सम्झौता अनुरुप २०७० असार १३ गतेका दिन नेपाल सरकारका तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी अध्यक्षतामा वैठक वसि नेपालमा कम्लरी मुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरियो । उक्त घोषणालाई स्वागत गर्दै कम्लरी क्षेत्रमा काम गर्ने संघसस्था तथा अन्य सरोकारवालाहरुको अगुवाईमा २०७० माघ २९ गते व्यापम आम सभा तथा खुशियालीको कार्यक्रम आयोजना गरियो । सोहि कार्यक्रमको उद्दघाटन महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयका तत्कालीन मन्त्री माननिय ऋद्धिबाबा प्रधानले गर्नुभएकोथियो । उक्त कार्यक्रमवाट हरेक वर्ष असार १३ गते कम्लरी मुक्त दिवस मनाउने घोषणा गरियो । सोहि अनुसार यसवर्ष तराईका ५ जिल्ला (दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर) मा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि दोस्रो वर्ष कम्लरी मुक्ती दिवस मनाउने काम भइरहेको छ । यो दोस्रो मनाउन गइरहेको कम्लरी मुक्ती दिवसले मुक्त भएका कम्लरीहरु त्था वेपत्ता भएका र मुक्त नभएका कम्लरीहको हितमा केहि सार्थकता पाओस । साथै सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति विच भएको सम्झौता भएको १० वुदे मध्य केहि महत्वपुर्ण बुदाहरु कार्यान्वयनमा नआएको अवस्था छ । ती बुँदाहरुलाई यस मुक्त कम्लरी दिवसले कार्यान्वयनको लागि पहलकदमी गरोस शुभकामाना छ । 
लेखकः कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति र वार्ताटोलीका  प्रवक्ता थिए ।

No comments:

Post a Comment