Sunday, June 21, 2015

को हुन, देशबन्ध्या गुरुवा

सन्तोष दहित
देशबन्ध्या गुरुवा भन्ने शब्द अहिले सुन्दा जो कोहिलाई पनि यो के शब्द होला भन्ने सोध्न मन लाग्छ अर्थात यो भनेको के होला भन्ने सवैको लागि खुलदुलीको विषय पनि वन्न सक्छ । यो देशबन्ध्या गुरुवा भन्ने शब्द थारु भाषामा भनिने शब्द हो  र यो धेरै पुरानो शब्द पनि होइन । यो शब्द अहिले पनि थारु समुदाय रहेको गाँउमा जाने हो भने जताततै सुन्न पाइन्छ । थारु समुदायमा केहि वर्ष अगाडी आफ्नो गाँउ हुदै गाविस देखि लिएर पल्लो गाविस सम्मको प्रगन्नाको रेखदेख गरिनुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशवन्ध्या गुरुवा भनिन्छ । 

 देशबन्ध्या गुरुवा शब्दलाई अर्काे शब्दमा गुर्वाबा पनि भनिन्छ ।  तर हिज आज देशबन्ध्या गुरुवा वनाउने चलन छाडे पछि अहिले देशबन्ध्या गुरुवाहरु हराउदै गएकाछन् । देशबन्ध्या गुरुवाहरुलाई ठुलो तान्त्रिक मन्त्रका ज्ञाता पनि मानिन्छन । यी देशबन्ध्या गुरुवाहरु भएको सम्वन्धमा सानो किम्बदन्ती रहेको छ । थारु अगुवाहरको भनाई अनुसार प्राचिनकालमा धनपत नाम भन्ने एकजान थारु जातिका व्यक्ति  देशवन्ध्या गुरुवा थिए । तिनको  चार छोराहरु थिए । तिनकै चारवटा सन्तानलाई दाङ जिल्लामा देशवन्ध्या गुरुवाको जिम्मेवारी दिएको थियो । त्यतिवेला देखि थारु जातिका दहित, पछलडङग्या, जिनगुनी र डेमनडौराका थरछुत्याई ती थरका थारुहरुले यसको नेतृत्व जिम्मेवारी दिइएको थियो ।  त्यसको नेतृत्व पाएपछि उनिहरुलाई आफ्नो कार्यक्षेत्रमा पठाएको थियो । ती चार देशवन्ध्या गुरुवा  काम गर्न सजिलो वनाउको लागि  क्षेत्रधिकारको वाँडफाड गरिएको थियो । त्यतिवेला दाङमा चार प्रगन्ना विभाजन गरिएको थियो । जसअनुसार अग्ला प्रगन्ना, पश्च्ला प्रगन्ना, पाटु प्रगन्ना र पछ्ला प्रगन्ना गरि चार भाग विभाजन गरिएको थियो । अग्ला प्रगन्ना घोराही देखि पुर्व देउखुरी सम्मको प्रगन्ना ‘मद्वा’ देवता मान्ने जिनगुनी थरका व्यक्तिले नेतृत्व गर्दै आएका थिए भने, पश्च्ला प्रगन्ना तथा छिल्ली प्रगन्नाको नेतृत्व ‘भे¥वा’ देवता मान्ने दहित थरका जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरि पाटु प्रगन्ना तथा पछ्ला प्रगन्नाको जगनथ्या देवता मान्ने पछलडङग्या जातका थारु जातिले नेतृत्व गर्दै आएका थिए । त्यसैगरि वाँकी ठाँउमा छुटेको गाँउठाँउका डेमनडौरा जातिका थारुले रेखदेख गर्दै आएका थिए । देशवन्ध्या गुरुवाहरुको गाँउ गाँउमा मारकात, हिंसालाई अन्त्य गर्नुको साथै दिगो शान्ति स्थापना गर्नको लागि ठुलो भूमिका पाइन्छ  । यति मात्र नभएर गाँउमा जो कोही  विरामी परेको विरामीहरुलाई गुरुवाको मार्फत तन्त्र मन्त्रले निको वनाउने कार्य पनि गर्दै आएको पाइन्छ । त्यसैगरि विग्रेको अन्नवालिलाई सपार्नको लागि गुरुवाहरुको तन्त्रमन्त्रको माध्यमवाट राम्रो वनाउदै थारु अगुवाहरु वताउछन । यति ठुलो महत्व काम गर्दै आएको देशवन्ध्या गुरुवाहरुको नेतृत्व गर्ने अर्थात त्यो विषयमा चासो नराखेकोले  अहिले देशवन्ध्या गुरुवाहरु हराउदै गएको छ ।  हरेक पुजापाठ गर्दै आएका देशवन्ध्या गुरुवाहरु नहुदा अहिले थारु समुदायमा गरिने विभिन्न पूजापाठहरु पनि हराउदै गएका छन् । त्यतिवेला देशवन्ध्या गुरुवाहरु हुदा नियमित रुपमा पुजाआजा हुदैको थारु समुदायमा अहिले भने समयमा पूजापाठ हुने त परै जाओस कुनै गाँउमा त पूजा पाठ गर्नसमेत छाडेकाछन । थारु जाति मात्र नभएर अरु समुदायले पनि देशवन्ध्या गुरुवाको विश्वास उत्तिकै गर्दै आएका थिए । 


देशवन्ध्या गुरुवाहरुमा ठुलो शक्ति रहेको पाइन्छ । यदि वर्षातको समयमा पानी नपरेको वेला वखतमा देशवन्ध्या गुरुवाहरुले पूजा पाठ गरेपछि पानी समेत थारु अगुवाहर वताउछन । त्यसैगरि देशवन्ध्या गुरुवाहरुमा ठुलो तन्त्र मन्त्र भएकोले पनि देवताहरुलाई समेत नजर वन्द गरिदिने अर्थात देवतालाई उठि वसि गराइदिने समेत गर्दै आएको पाइन्छ । अहिले पनि देवता (भुत) लाई ठुन्ने गर्छन । पूजाआजा गर्नेवेला देवता (भुत) लाई फलामको किलाकाँटी ठोकेर तन्त्रमन्त्रको माध्यमवाट भुतलार्ई ठुन्ने गरेको पाइन्छ । देवताहरु जव गाँउमा विग विगि मचाउछन त्यतिवेला देवता (भुत) हरुलाई देशवन्ध्या गुरुवाहरुले ठुन्ने गर्र्दछन । यसैगरि विभिन्न पूजाको माध्यमवाट गाँउमा शान्ति ल्याउने र गाँउको अन्नवालिमा रोग व्यथा नलागोस भन्नेर पूजाको माध्यमवाट रोगव्याधालाई हटाउने प्रयास देशवन्ध्या गुरुवाहरुले गर्दछन् । त्यतिवेला गाँउमा मान्छे विरामी परेपछि उपाचार गर्ने स्वाथ्य चौकि थियो न त अस्पताल । विरामीको उपभचार समेत  देशवन्ध्या गुरुवाहरुले गर्नेगरेका थिए । जति मान्छे विरामी हुन्थे त्यतिवेला देशवन्ध्या गुरुवाको खोजि हुन्थ्यो । त्यसैगरि थारु जातिका मानिसले सवै कृर्षिमा निर्भर रहेकोले त्यतिवेला पनि धानखेति देखि लिएर तोरी हिउदे वालिमा रोग लागेपछि औसधि पाइदन्थ्यो । त्यसमा लागेको रोगलाई हटाउनको लागि पनि थारु समुदायमा त्यहि देशवन्ध्या गुरुवाहरुको माध्यमवाट पुजापाठ गरि ती रोगलाई हटाइने गरिन्थ्यो ।  यसरी रोग व्यधालाई हटाउनको लागि र गाँउमा दिगो शान्ति स्थापना गर्नमा देश वन्ध्या गुरुवाहरुको ठुलो भूमिका रहेको पाइन्छ । यतिमात्र नभएर त्यतिवेला देशवन्ध्या गुरुवाहरुले गाँउ गाँउमा धेरै भन्दा धेरै गुरुवा, वैदवा पनि उत्पादन गर्ने गर्दछन् । 
                                        

No comments:

Post a Comment