Thursday, May 28, 2015

थारु समुदायको “छोक्रा” नाच लोप हुदै

सन्तोष दहित
दाङ  । केहिवर्ष अगाडि थारु गाँउमा विहे हुने वेला होस या दुलही ‘पठलहरी’ लाई पठाउन आएको वेला होस या कुनै नया कामको ठालनी किन नहोस त्यसैको अवसर पारेर नाचिने छोक्रा नाच थारु समुदायमा हिजाआज लोप हुदै गएको छ ।

       पहिले पहिले थारु गाँउमा कसैको घर दुलही ‘पठलहरी’ पठाउन आउने खवर गाँउमा हल्ला मात्र हुनसाथ साझ पख पठलरी आउने घरमा गाँउका सवै युवा युवतिहरु पठलरी नआउदै छोक्रा नाच सुरु गरिन्थ्यो भन्नुहुन्छ थारु युवा परिषद दाङका अध्यक्ष विरेन्द्र चौधरी । उहाँभन्नुहुन्छ पठलरीहरुलाई स्वागत गर्ने र आ–आफ्नो गाँउको छोक्रा नाच देखाउने त्यतिवेला प्रतिस्पर्धा हुन्थ्यो । छोक्रा नाचमा दुइवटा समुह हुन्छ । एकातिर महिला र अर्काे तिर पुरुष । यो छोक्रा नाचमा खास गरि महिला र पुरुषको विचमा प्रतिस्पधा हुन्छ चौधरी वताउनुहुन्छ । ठ्याक्कै पहारीहरुको दोहरी  नाच जस्तै थारु समुदायमा नाचिने छोक्रा नाच पनि उहि हो भन्नुहुन्छ चौधरी । यो छोक्रा नाचमा माया प्रीतिको गित पनि हुन्छन्, विकास प्रीति पनि । खासगरि छोक्रा नाचमा माया प्रीतिका शव्दहरुको गीत गाउने चलन छ चौधरी भन्नुहुन्छ । तर हिजोआजभने यो छोक्रा नाच नाच्ने र गाँउने सुस्त सुस्त लोप हुदै गएको चौधरी दुखेसो पोख्नुहुन्छ । आजका युवा हरु आधुनिक नाचतिर चासो दिएपछि यो छोक्रा नाच लोप हुनलागेको चौधरी वताउनुहन्छ ।
       त्यसैगरि पछिल्लो चरणमा साउन सिस्टम, डेकवाट ढुचुकढुचुक गीतमा हिजो आजका युवाहरुले रुचि लिन थालेपछि थारु समुदायमा नाचिने छोक्रा नाच लोप हुन लागेको वताउनुहन्छ नारायाणपुर भारवौराका मानविर चौधरी । यति मिठासपन र रसिलो शव्दमा प्रतिस्पधात्म युवा युवति विचमा गाँउने गित संगै नाचिने सख्या नाच लोप भइरहदा कता कता थारु जातिको सस्कृति त हराउने होइन भन्ने चिन्ता लागेको चौधरी वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ अहिले जताततै विहेको लगन छ त्यहि विहेमा खास गरि छोक्रा नाच रातभरि नाचिन्छ तर हिजोआजको युवाहरु मौलिक सस्कृति भन्दा पश्चिमी गितमा आर्कर्षित हुदै डेकमा नाच्ने गर्नाले अव थारु गाउमा छोक्रा नाच कमैमात्रामा देखिन्छ चौधरी भन्नुहुन्छ । सयमको परिवर्तनशिल अनुसार केहि कुरामा परिवर्तन गर्नु राम्रो त तर आफ्नो परम्पारागत देखि नाच्दै गाउदै आएको छोक्रा नाचलाई चटक्कै नाच्न छादिदिने हो भने थारु जातिको पहिचान पनि हराउने भएकोले पनि यो छोक्रा नाच लाई वचाई राख्नुपर्ने हो चौधरी भन्नुहुन्छ । अहिले सवैले जातिय पहिचानको कुरा गरिरहेकाछन त्यसको आधारमा कुरा गर्ने हो भने पनि थारु जातिको जातिय पहिचान झलकाउनेको लागि पनि छोक्रा नाचको ठुलो भूमिका रहने वताउनुहुन्छ चौधरी । यो नाच नाच्ने वेला सवै थारु भाषा गीत गाउने चलन छ यस्तै आफ्नै भेषमा नाचिने भएकोले पनि आफ्नो पहिचानको लागि पनि यो नाचलाई संरक्षण गर्नुपर्ने जरुरी रहेको चौधरी वताउनुहुन्छ । उहाभन्नुहन्छ थारु समुदायमा धेरैकिसिकमो नाचहरु छन तर सवैभन्दा लोक प्रिया नाच भनेको छोक्रा नाच हो त्यसैले पनि यो नाचलाई निरन्तरता दिन सके भावि नया पुस्तालाई पनि राम्रो हुने थियो उहाँको भनाई रहेकोछ ।

थारु सोडेंनीहरु भन्छन्— “गाउँका हामी नर्स”

सन्तोष दहित
दाङ  । सौडियार ९ कनरियाकी सम्पत्ति चौधरीले सुत्केरी स्याहार्न थालेको २२ वर्ष पुगिसक्यो । कसैलाई सुत्केरी व्यथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म सुत्केरी र शिशुलाई स्याहार सुसार गर्ने जिम्मा उनकै हुन्छ । सुत्केरी कसरी गराउने ? कसरी बच्चा स्याहार्ने अनि कसरी सुत्केरी स्याहार्ने भन्नेबारेमा उनले अहिलसेसम्म केही तालिम भने लिएकी छैनिन् । अनुभवको भरमा उनले अहिलेसम्म सैयौ. सुत्केरीहरुलाई स्याहारिसकेकी छिन । कहिलेकाही त उनलाई तीनचारवटि सुत्केरी गराउनुपर्ने हुन्छ । ठाँउठाँउवाट बोलाउन आँउछन्, कहिलेकाही त भ्याई नभ्याई हुन्छ उनले भनिन् । दिनमै तीनचारवटा सुत्केरी स्याहार्नुपर्छ ।’ कसरी शरिरमा तेल लगाउने, रगताम्य सुत्केरी र सालानालसहितको शिशुलाई सामान्य अवस्थामा ल्याउने र त्यसपछि न्वारानसम्म दुवैलाई आवश्यक हेरचाहा गर्ने जिम्मा उनकै हुन्छ । र, त्यो सव गरेबाफत उनले दिनमा एकसय रुपैयासम्म पाँछिन । न्वारनको दिन सुत्केरी घरकाले उनलाई केहि लत्ताकपडा र अन्नपात पनि दिन्छन् । अरुले खानेकुराहरु पनि दिन्छन, कसैले ।
दाङ नारायणपुरमा भेला भएका सोडेनिहरु तस्विर : सन्तोष दहित



      यसरी सुत्केरीको स्याहार गर्ने महिलाहरुलाई थारु भाषामा सोह्रिन्या भन्छन् भने सामान्य भाषामा सोडेनी । यतिमात्रै होइन, उनिकहाँ अचेल त गर्भबतिहरु प्नि जाँच गराउन आउँछन् । उनि पेछ जाँच्छिन् । बच्च चलेको छ कि छैन ? त्यो पनि सोध्छिन । खानपिनको बारमो सम्झाउछिन् र अरु सल्लाह पनि दिन्छिन् । तीन चार महिनाका गर्भवतीहरु पनि आउँछन्, कोहि दिनपुग्ने बेला पनि आउछन् ।’ अप्ठयारो अवस्थामा गर्भबतीहरुलाई पनि उनि सजिलैसंग गाँउमा सुत्केरी गराउन सक्छिन् । धेरै अप्ठयारो भएकालाई अस्पताल जान भन्छु तर धेरैजसो आफैले गराउछु’ उनले भनिन । अस्पतालले सुत्केरी गराउन नसकेको कतिपय गर्भबतीहरुलाई पनि अस्पतालबाट फर्काएर सुत्केरी गराएकी छिन् । त्यसपछि उनको माग अझै वढेको छ । चौधरी भन्छिन अस्पतालमा त के गर्छन र बच्चा जन्मिन्छ अनि धर पठाइदिन्छन पछि ती सुत्केरीहरु फेरी गाँउ आएर हामी सोडेनी (सोह्रिन्या) हरुलाई खोज्दै आउछन ।’ सम्पत्ति चौधरी अहिलेसम्म कुनै पनि औपचारिक तालिम लिएकी छैनिन् ।  
       सौडियर ५ राजपुरकी मुसी चौधरी पनि (सोडेनी) सोह्रिन्या काम गर्न लागेको एक दश भन्दा वढि भइसकेको छ । उमेरले पाको भइसकेपछि उनलाई सोडेनी) सोह्रिन्या कामले भने अझै जवान नै वनाइदिएको छ । चौधरी भन्छिन सुत्केरीले वोलाएको ठाउमा जाउभने आफ्ना यस्तो दयनि अवस्था छ, नजाउ भेने त्यस्तो अप्ठ्यारो परेको वेला सहयोग नगरे कहिले गर्ने भनेर सकि नसकि जान्छु’ उनले भनिन् । सुत्केरी आमाहरुलाई सोडेनीहरुले सोह्राउनेकाम नगर्ने हो भने सुत्केरी आमा धेरै कम्जोर हुने, पाठेघर खस्न सम्भावान धेरै हुने र उनिहरुको शरिर नै विग्रिने डर हुन्छ त्यसैले यी समस्यावाट वच्नको लागि अहिले सोह्रिन्याको आवश्यक्ता भएको उनिहरुको मान्यता छ । त्यसैगरि नारायणपुर ३ झुम्केवारीकी फूलमति चौधरीले पनि भ्याइनभ्याई सुत्केरीको घरमा पुग्छिन । फूलमतिको सोह्रिन्या काम मात्र गर्नलाको २० वर्ष जति भयो । गाँउ देखि पल्लो गाँउसम्मका सुत्केरीका परिवारले वोलाउन आउछन । दुःख परेको वेला सहयोग गरेको भन्दै कसैले पाँच सय त कसैले एक हजार दिन्छन्’ चौधरीले भनिन् । यहि सोह्रिन्या काम गरेर घर गुजारा चलाउदै आएको चौधरी वताउछिन् ।
        सोहिन्या काम गर्ने सम्पत्ति, मुसी र फूलमति चौधरीहरु त उदाहरण मात्रै हुन । यस्तो सोह्रिन्या काम गर्ने थारु समुदायमा सयौं महिलाहरुछन ।  दाङ, वाँके वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा यनिहरुको माग अध्यधिक हुन्छ । तर यिनीहरुको आधुनिकीकरण गर्ने र व्यवस्थित  सुत्केरी गराउनका लागि नियमन गर्नका लागि राज्यले कुनै पनि निकायले केही गरेका छैनन ।राज्यले केही समयअघि गाँउगाउँमा यसरी सुत्केरी स्याहार्ने महिलाहरुलाई तालिमको व्यवस्था पनि गरेको थियो । तर सवैले यस्तो तालिम पाउन सकेका छैनन् । औपचारिक तालिम नपाए पनि यी महिलाहरु अनुभवका आधारमा गाउँमा धेरै भरपर्दो मानिन्छन् ।

दाङमा नमुना थारु ग्राम संकटमा

सन्तोष दहित
दाङ । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सौडियार–९ सिसहनियामा रहेको थारु नमुना ग्राम यतिबेला संकटम परेको छ । ६ वर्ष पहिले २०६५ सालमा स्थापना गरेको नमुना थारु ग्राम आर्थिक अभावले यतिबेला संकटको अवस्थामा पुगेको हो ।
दाङको सिसहनिया गाउँमा स्थापना गरिएको नमूना थारु ग्राम  
जिल्ला विकास समिति दाङबाट स्थापना गरिएको नमुनाग्रामको प्रयाप्त सहयोग र नमुना ग्राम स्थापना गर्नेबेलाको सम्झौता अनुसार कार्यान्वयन नभएको कारण नमुना ग्राम यस्तो अवस्थामा आएको स्थानियहरुले बताउछन् । ‘नमुना  थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, हेल्पोष्ट, बालविकास केन्द्र, थारु संग्राहलय लगायत स्थापना गर्ने सम्झौता भएको नमुना थारु ग्रामको अध्यक्ष बेझलाल चौधरीले बताए । त्यसैगरि थारु सँस्कृतिक झल्काउने विभिन्न थारु नाचको लागि थारु ड्रेस, मादल, शुद्ध खानेपानी, मोटर बाटो, यातायात, सिचाई, विद्युत लगायतको व्यवस्था गर्ने सम्झौता भएको चौधरीले बताए । ‘तर अझैसम्म थारु परम्परागत थारु घर र थारु नाचको लागी नाच्ने थारु ड्रेस, मादल सहयोग बाहेक अरु केहि कार्यान्वयन भएकोछैन ।’
‘परमपरागत थारु घर पनि अलि व्यवस्थित बनाउने भने पनि केहि हुनसकिरहेकोछैन चौधरीले भने,–‘थारु घर त भयो नामको लागि मात्र भयो ।’ आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमुना थारु ग्राम स्थापना हुनु गाउँको लागि गर्वको कुरा भएपनि सम्झौता अनुसार काम हुन नसक्दा दुःख लागेको चौधरीले गुनासे गरे ।
‘सिसनियाम थारु नमुना ग्राम छ भनेरे विभिन्न मिडियाम आयो, प्रचार भयो, त्यहि अनुसार विभिन्न ठाउँबाट पर्यटक आउने गरेको तर भनेको जस्तो नहुदा पर्यटकहरु निरास भएर गएको देख्दा दुःख लाग्ने गर्छ चौधरीले भने,–‘यसलाई व्यबस्थित गर्नलाई पटक पटक जिविसमा ध्यानाकर्षण गरेपनि खासै सुनुवाई भएकोछैन ।’
‘सहयोगको नाममा केहि पैसा दिएपनि त्यति पैसाले के गर्ने ? चौधरीले भने । त्यति थौरे पैसाले के गर्ने न त घर मर्मत गर्न पुग्छ, नत बाटो बनाउने चौधरीले भने,– ‘हामीलाई पैसाभन्दा पनि हामीसँग जे सम्झौता भएकोथियो त्यहि अनुसार हुनप¥यो ।’ सम्झौतामा बाल बिकास केन्द्र, हेल्पोष्ट, थारु संग्राहलय, मोटरबाटो, यातायात लगायतको व्यवस्था गरिदिनुप¥यो ।
यता जिल्ला विकास समितिले हरेक वर्ष सहयोग गर्दै आएको जिल्ला विकास समितिका  शाखा अधिकृत तथा पर्यटन बोर्डका सदस्य सचिव डा.गोविन्द आचार्य बताए । उनलेभने–‘ नमुना थारु ग्रामको लागि हरेक वर्ष केहि न केहि सहयोग गर्दै आइरकाछौँ, सुस्त–सुस्त विकास हुने हो एकैचोटि हुदैन ।’ कहिले थारु साँस्कृतिक ड्रेस, कहिले  नगड दिने गरेको आचार्यले बताए । त्यसैगरि उहाँहरुलाई आर्यआर्जनमा ल्याउनका लागि विभिन्न सीप, नमुना ग्राम, होमस्टे कसरी सञ्चालन गर्ने भनेर विभिन्न ठाउँमा भ्रमण पनि गराएको भएपनि व्यवसायिक बन्न नससकेको आचार्यले बताए । यसैगरि नमुना थारु ग्रामलाई अब साँस्कृतिक ग्राम बनाउने सोचमा रहेको पनि आचार्यले जानकारीदिए ।