Monday, June 1, 2015

थारु जातिको ‘लौसर्ना’ पूजाको : एक चर्चा

सन्तोष दहित

थारु जातिका विभिन्न खालको पूजाहरु रहेकाछन् । घरायसी देखि लिएर गाँउको सामुहिक रुपमा पूज्ने पूजाहरु रहेका छन । थारु जातिका पूजा कृर्षि पेशा देखि  दैनिकी जिवन यापन संगै विभिन्न रोधव्याधाहरु हटाउनको लागि धेरै किसिमका पूजाहरु रहेका छन । ति पूजाहरु मध्य थारु जातिको ‘लौसर्ना’ पूजा पनि एक महत्वपुर्ण पूजा हो । यो पूजा वर्षको दुइ चोटी पुज्ने गरिन्छ । यो लोसर्ना पुजा खासगरि थारु समुदायको महिलाहरुको लागि पुज्ने गरिन्छ । जस्तै जेष्ठ देखि असार सम्मको एक चोटी र अर्काे कार्तिक महिना देखि मंसिर मसान्त सम्म यो लोसर्ना पुजा पुजिसक्नु पर्ने हुन्छ । ६/६ महिनाको विचमा पुजिने यो ‘लौसर्ना’  पूजा थारु समुदायका विवाहित महिलाहरुको लागि निकै महत्वपुर्ण रहेको पाइन्छ । यो पुजा पुेजे पछि थारु महिलाहरुको प्रजनन शक्ति र गर्भमा रहेका वच्चा देखि लिएर जन्म भइसकेको वच्चाको स्वाथ्यको लागि पुज्ने गरेको पाइन्छ । यो पुजा पुुजे पछि थारु स्त्रीहरुको प्रजनन शक्तिमा कायम राख्नको लागि राम्रो हुनेगरेको थारु समुदायमा जनविश्वास रहेको छ ।  यो पूजा घर ‘गु¥वा’ ले पुज्ने गर्दछन । यति महत्व रहेको पूजा अरु पूजा जस्तै झनझिटिलो र खर्चिलो भने हुदैन । यस पुजाको लागि निम्न सामग्रीहरु चाहिन्छ । जस्तै चल्लाको अण्डा, रातो रंगको सानो कपडा या टुक्रा, तामाका पैसा, उल्टा चल्ला सक्भर रातोमा, एकवोटल रक्सी, चल्लाका साना साना बच्चा ३ देखि पाँचवटा, धुप, अक्षेता, थोरै चोखो पात, माटाका दियो, कपास, चोखो थोरै दियो वाल्ने तोरीको तेल, सुकेको लौका, चोखो पानी अर्थात जल चाहिन्छ । 
 थारु समुदायको एक घरमा  लौर्सना पूजा गर्दै । तस्विरः प्रकाश चौधरीको फेसबुकबाट ।
 यो पुजा पुज्ने वेला थारु समुदायको घरको पश्चिम आँगन अर्थात ‘डिउह्रीक अँग्ना’ मा पुज्ने गरिन्छ । यो पूजा पुज्ने पुर्वा घरको पश्चिम आँगनमा सरसफाई गरि गोवर माटोले पोटने चलन हुन्छ । आँगनमा पुज्नु भन्दा अगाडी घर भित्र ‘पाटी’ वसेर घरको वहिरको आँगनमा पुज्ने चलन छ । पूजा पुज्ने वेला जहिले पनि उत्तर तिर मुख लगाएर पूजा पुज्ने चलन छ । यो पूजा पुज्ने वेला घरको एक जना व्यक्ति ‘गु¥वा’ अर्थात पुजारीलाई सघाउनको लागि त्यहि वस्नुपर्छ । करिब एक डेढ घण्टा सम्म अन्तर मन्तरले ‘गु¥वा’ ले पूजा गरिसकेपछि चल्लाका वच्चाहरुको टाउकोमा जल, अक्षता र सेंदुर चढाइएर छाडिदिने चलन छ भने तामाका पैसा धोएर सुरक्षति ठाउमा राखिन्छ  ।  त्यसैगरि त्याँहा राखिएको सुकेका लौकाहरु  घरको या गोठको पुर्वपत्रिको वतासीमा टंगाएर राख्ने चलन छ । तथापी अरु पूजा जस्तै यो पूजामा भने वलि दिने चलन भने छैन ।  घर ‘गु¥वा’ अर्थात पुजारीको लागि खानको लागि भने एउटा रातो भाले काटने चलन रहेको छ । यो लोसर्ना पूजा थारु समुदायमा मात्र नभएर अन्य समुदायका मानिसहरुले पनि पुज्दै आएको पाइन्छ । 
                                                                                                                    santoshdahit74@gmail.com

No comments:

Post a Comment