Sunday, October 25, 2015

थारु समुदायको वडा दशै र ‘सख्या’ नाचको संक्षिप्त चर्चा

सन्तोष दहित
              थारु समुदायको भेषभूषा, रहन–सहन, भाषा, कला तथा संस्कृति अरु समुदाय भन्दा रोचक र फरक रहेको पाइन्छ । आर्थिक, सामाजि, तथा राजनीतिक हिसाबले पछाडी रहेतापनि साँस्कृतिक हिसाबले अरु समुदाय भन्दा दुई गुणा अगाडी नै छन् भन्दा केहि फरक नपर्ला । त्यसैले होला प्रत्येक महिनामा थारु समुदायको कुनै न कुनै चाड पर्व जोडिएको हुन्छ । हुने त थारु समुदायको महान पर्व माघि लाई मनाउछन् भने दोस्रो पर्वको रुपमा अट्वारी त्यसपछि तेस्रो पर्वको रुपमा दशै पर्वलाई मनाउदै आएको थारु समुदायका जानकारहरु वताउछन् । यो पर्वमा थारु समुदायका मानिसहरुले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउदै आएका छन् । खास गरि थारु समुदायको युवा, युवतिहरुले दशै आउन १५/२० दिन अगाडी वाट दशैको पैया नाचले स्वागत गर्छन भने दशै नजिकिएपछि अर्थात थारु समुदायका दहित थरको ‘सराद’ को दिन देखि “सख्या” नाचले दशैलाई स्वागत  गर्दछन । करिब एक महिना सम्म वडा दशैको पर्वमा नाचिने “सख्या” नाचले थारु समुदायको गाँउमा निकै उल्लासमय देख्न सकिन्छ । तन्त्र मन्त्र वोकेको “सख्या” नाचमा थारु समुदायका मानिसले गाँउको महटावाको घरको आँगनमा युवाहरु र अविवाहित महिलाहरुले नाच्ने गर्दछन । दुइवटा समुह वनाएर नाचिने यो नाचमा निकै महत्वका साथ नाचिने चलन छ । प्रत्येक एउटा समुहको अगुवा समेत वनाइएको हुन्छ । महिला समुहको अगुवाको नाम “मोरिन्या” वनाएको हुन्छ । त्यहि “मोरिन्या” का अनुसार “सख्या” गित गाउने चलन छ । त्यसैगरि सहयाकम “पच्गिन्या” पनि वनाएको हुन्छ । त्यसैगरि मान्दल वजाउने टिमहरुको पनि अगाडीको एकजा अगुवा “मन्द¥या” एकजना पछाडीको अगुवा “मन्द¥या” हुन्छ । २५/३० जनाको हाराहारीमा थारु वठिन्याहरु त्यसैगरि थारु युवाहरुको जमातले ठुलो मान्दलको एक स्वरमा एक गाँउवाट पल्लो गाउसम्म आवाज जाने गर्दछ । त्यसैगरि थारु वठिन्याहरुको एउटै स्वरमा “सख्या” सामुहिक रुपमा गीत गाउने चलन रहेको छ । 
गाउँको महटवा नारायण चौधरीबाट गउँल्या टिका थाप्दै गाउँकै एक घरको गरढुर्या फिर्तुमान चौधरी । तस्विरःसन्तोष दहित

             वडा दशैको अवसरम नाचिने थारु समुदायको “सख्या” नाच हेर्न आउने दर्शकहरुलाई फरक फरक किसिमका “पैँया” नाच पनि देखाउने गरिन्छ । सख्या नाचको विच विचमा नाचिने यो “पैँया” नाचले पनि दर्शकहरुलाई फरक आनन्द दिएको हुन्छ । थारु जानकारहरुको दशैमा नाचिने सख्या नाच नाचेपछि गाउको अन्नवालि सप्रिने, गाँउको सुरक्षा हुने जस्ता विश्वास गरिएको पाइन्छ । 
                               यो “सख्या” गितमा हरेक देवता, अन्नवालि, चराचुरंगी, जनावरको नाममा समेत सम्वोधन गरिएको हुन्छ । लगातार एक महिना सम्म नाच्दा पनि यो सख्या गित सकिदैन । पछिल्लो चरण वडा दशैमा नाचिने सख्या नाच लामो भएको जनगुनासो आए पछि अहिल छोत्यार १०/१५ दिन सम्म नाच्दै आएका छन । पहिले जनमअष्टमी पछि अर्थात “हा¥या गुरई” पुजासके पछि भोलि पल्टवाट नाचिने सख्या नाच अहिले भने घटस्थापनाको अगाडी दिनवाट यो सख्या नाच नाच्दै आएको पाइन्छ । भने सख्या नाचको समपान “गवल्या” टिकाको ३ या ५ दिन पछि माछा मार्न जान्छन सख्या नाच्ने सवै वठिन्याहरु । समापनको दिन मान्दल वजाउने सवै “मन्द¥या” हरुलाई  खुवाने भनेर २ दिन सम्म माछा, अन्या मिठो मिठो परिकार वनाएर समापनको दिन मान्दल वजाउने “मन्द¥या” हरु सख्या नाच्ने सवै वठिन्याहरु अनिवार्य भेलाहुने चलन छ । त्यहि दिन रातीसम्म सवै गित सक्नु पर्ने भएकोले रातिसम्म नाच्ने र सख्या गित सक्के पछि सवै मान्दल वजाउने “मन्द¥या” हरु र सख्या नाच्ने वठिन्याहरु दुइलाईन लागेर एक तालमा मान्दल वजाउने एकतालम मन्जौरा वजाएर सख्या नाच समापन गरिन्छ । जुन समापन गरिने दिनलाई थारु भाषामा “दिता वैसइना” भनिन्छ । 

                   दशैमा अरु समुदायले मनाए जस्तै थारु समुदायको दशैपनि घटस्थापनाको दिन देखि सुरुवाट भएको पाइन्छ तथापी दशैको अवसरमा भने गाँउको चलन अनुसार एक महिना अगाडी कतै १०/१५ दिन त कतै एक हप्ता अगाडी वाट सुरुवाट गरिन्छ । त्यहि घटस्थापनाको दिन नै थारु समुदायले शुभसाइतमा नुहाईधुवाइ गरि मकैको जमरा राख्ने चलन छ । किनकी थारु समुदायका पुर्खाहरुले प्राय मकैको जमारा राख्दै आएकोले पनि प्राय थारु समुदायले मकैको जमरा राख्ने चलन रहेको छ । त्यसपछि थारु समुदायले दशैको तयारीमा व्यापक लागेको पाइन्छ । कसैले घर निपोटमा लागेको हुन्छन भने कसैले वनजंगल दाउरामा त कसैले ढिक्री वनाउनको लागि चामलको पिठो पिसाउनमा व्यस्त हुन्छन । यसैगरि दशैमा पुज्नको लागि चल्ला, सुंगुरको पाठा, खसि खोज्नमा लागेको हुन्छन ।  त्यसैगरि सप्तमीको दिन “पैनस्टोपी” ढिक्रि वनाउने एक प्रकारको भाँडा नजिकैको खोलामा गाँउका सवै महिलाहरु एकैठाउमा जम्मा भएर धुने चलन छ । त्यसको भोलिपल्ट अर्थात अस्टमीको दिन चामलको पिठो गोलाकार ढिक्रि बनाइन्छ । थारु समुदायले अस्टमीको दिन ढिक्री वनाएर आ–आफ्नो देवतालाई चढाउने चलन छ ।  त्यहि दिन थारु समुदायमा रातभरि एक निद नसुतेर विहानको ८ वजेसम्म नाच्ने चलन रहेको । अस्तमीको भोलिपल्को दिन घरको देवता अनुसार ५ देखि १० वटासम्म चल्ला , एक एक वटा सुंगरको पाठो, खसि पनि पुज्ने चलन हुन्छ । 

                  यसैगरि थारु समुदयाले नवमीको दिन राजा टिका अर्था “गँवल्या” टिका भनिन्छ । त्यहि दिन गाँउका सवै गरढु¥याहरु गाँउका “देवथन्वा” मा जुटेर सवैले महटावासंगै कानमा जमारा लगाउने चलन छ । वडा दशैको शुभकामना आदान प्रदान गर्ने चलन पनि त्यहि दिन थारु समुदायले गर्दछन् । संगसंगै वर्कीमार गित गाउने चलन रहेको छ यसरी सवै जना जुटीसकेपछि “वर्कीमार” गाउदै महटवाको घरमा त्यहि “गँवल्या” टिका लगाउने चलन छ । त्यहिदिन थारु समुदायका सवैले महटावाको घरमा गएर महटावासंग “गउँल्या” टिका लगाउने चलन छ । यो “गउँल्या” टिका चामलको सेतो टिका हुन्छ । त्यहि दिनवाट थारु समुदायमा नाचिने सख्या नाच दिउसैवाट अर्थात वेलुको ३/४ वजेवाट सुरुगरिन्छ ।  सख्या नाच्ने सवै वठिन्या मान्दल वजाउने मन्द¥याहरु महटवासंग गउँल्या टिका लगाउने चलन रहेको छ । जुन चलनले थारु समुदायमा समुधर सम्वन्ध वनाउदै आएको पाइन्छ ।  थारु समुदायमा कहिले पनि तिहारको नाममा विकृति ल्याएको पाइदैन जहिले पनि प्रजातान्त्रि अभ्यास अप्नाएको हुन्छ । सवैलाई मान सम्मान, आदर गर्ने थारु समुदायमा अझै पनि कायमै छ । थारु समुदायको हरेक तिहारमा सदभाव र समाजम सुमधुर कायम गर्दै आएको पाइन्छ ।