Tuesday, June 2, 2015

नृत्युमा पनि कम छैनन थारु समुदाय

सन्तोष दहित
दाङ  । यो फोटोमा देखिएको थारु जातिमा नाचिने ‘बर्का’ नाच हो । गएको पुस महिनाको अन्तिम शनिवार डुरुवा ६ दक्षिणकुररियमा माघी महोत्सवमा खिचिएको फोटो हो । पछिल्लो चरणमा थारु जातिको विभिन्न नाच लोप हुदै गइरहेको वेला प्रजातान्त्रिक थारु समाजले थारु नाचको सरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले माघी महोत्सव तथा प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो । उक्त  नाचको पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले उदघाटन गरेको थिए । देउवाले उदघाटन गर्दै भने थारु समुदाय वहुप्रतिभा भएको जाति हो । यो जातिको विभिन्न थरिको नृत्युहरु रहेकाछन् । यी महत्वपुर्ण नृत्युलाई अहिलेको अवस्थामा जगेर्ना गर्न जरुरी रहेको देउवाले भने । पछिल्लो अवस्थामा थारु जातिको भाषा, कला, सस्कृति लोप भइरहेको छ यसलाई संरक्षण र प्रवद्र्धन गर्नको लागि राज्यले विशेष ध्यान दिनुपर्ने देउवाले कार्यक्रममा भने । थारु जातिको सस्कृति लोप हुनुभनेको नेपालको सस्कृति लोप हुन हो । त्यसैले यी जातिको सस्कृति संरक्षण भयो भने राज्यको सम्पत्ती जोगिनु हो देउवाले भने । उनले भने सवै जातिको सस्कृति संरक्षण र प्रवद्र्धन गर्नु लागि राज्यले विशेष कार्यक्रमको थालिनु गर्नुपर्ने देउवाको भनाईथियो ।

    उक्त कार्यक्रममा जिल्लाका ३ दर्जन जति विभिन्न थारु नाच गान प्रस्तुत गरिएको कार्यक्रमको संयोजक समेत रहनुभएका थारु वुद्धिजीवि चुर्णवहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार छोक्रा, मघौटा, सख्या, हुरडुंग्या, झुम्रा, बर्का नाच लगायत नाच गानको कार्यक्रममा प्रस्तुत गरिएको थियो  चौधरीले भने । पछिल्लो चरण थारु जातिको परम्परागत नाच गान लोप हुदै गइरेको बेला त्यसलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले थारु नाचको  माघी महोत्सव गर्नुपरेको चौधरीले भने । यी नाच गान लोप भयो भने थारु जातिको सस्कृति नै लोप हुन्छन चौधरीले भने । थारु जातिको पहिचान झलकाउनु मुख्य औजार भनेको थारु जातिको मौलिक सस्कृति संगै जोदिएको नाच गान नै हुन उनले भने । त्यसैले यसलाई जगेर्ना गर्ने उदेश्यले आफुहरुले बर्षको एक चोटी माघी महोत्सव कार्यक्रमको आयोजना गर्दै आएकको चौधरीको भनाई थियो । यस्को संरक्षण तथा प्रवद्धन गर्नु मुख्य दायित्व भनेको राज्यको हो । तर राज्यले ध्यान नदिएको कारणले आफुहरुले लागि परेको चौधरीले भने ।

    यसैगरि थारु जातिको नृत्यु  एक दर्जन भन्दा वढिरहेको थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्र प्रसाद चौधरी वताउछन । उनका अनुसार बर्का नाच थारु जातिको सवैभन्दा महत्वपुर्ण र खर्चिलो नाच पनि रहेको चौधरीले भने । यो नाच जुन बेला पनि नाच्न सकिन्छ तर बर्का नाच नाच्ने वेला पहिले पुजा गर्नुपर्ने भएकोले धेरै खर्च हुन्छ । त्यसैले  बर्का नाच लोप भइरहेको चौधरीले भने । हिज आज जिल्लामा वर्का नाच नारायाणपुरमा मात्र रहेको उनले भने । आफुले यो नाचलाई संरक्षण गर्नका लागि लागि परे पनि आर्थिक समस्या भएकोले अप्ठ्योरो भइरहेको चौधरीले भने । त्यसैगरि छोक्रा नाच पनि उत्तिकै महत्वपुर्ण रहेको उनले भने । छोक्रा नाच खास गरि लगनको वेला नाचिने गरेको चौधरी वताए । यति मात्र नभएर बनभोज, कुनै खुशियाली पर्वको वेला पनि नाचिन्छ उनले भने । छोक्रा नाच र हुरडुंग्या नाच नाच्ने वेला खर्च पनि केहि नहुने गरेकोले यो जताततै नाच्ने गरेको चौधरीले भने । चौधरीका अनुसार छोक्रा नाच र हुरडुग्या नाच नाच्ने वेला एउटै तरिकाले नाचिन्छ । यसमा फरक भनेको गीतको भाका र लयमा अलि फरक हुने गरेको चौधरीले बताए । ड्रेस त्यहि हुन्छ नाच्ने वेला एकजा देखि लिएर तिन जना सम्म नाच्ने र एक जना मान्दल वजाउने कलाकार हुने गरको उनले जानकारीदिए । हुरडुग्या नाच र छोक्रा नाच घर घरमा गएर नाचिदैन । यी नाच लगनको वेला दुलहा या दुलहीको घरमा नाचिन्छ । त्यस्तै कसैको घरमा पाहुना आएको वेला नाचिन्छ चौधरीले भने । यसैगरि कुनै कार्यक्रममा भाग लिने बेला हुरडुग्या नाच र छोक्रा नाच नाचिने गरेको चौधरीको भनाइथियो । जहा नाच्नेयसैगरि मघौटा नाच पनि उस्तै उस्तै हो उनले भने ।

 मघौटा नाचमा खास गरि शुभकामना आदान प्रदान गर्ने भएकोले पनि घर घरमा गई नाचिन्छ उनले भने । एउटा आफ्नो महान पर्व तथा नया वर्षको खुशियालीमा केटा केटी देखि लिएर वृद्धवृद्धा सम्मको समुह बनाएर नाचिन्छ । मघौटा नाचको अरु भन्दा धेरै महत्व रहेको चौधरीले बताए । यसैगरि दशैमा नाचिने सख्या नाचको पनि धेरै महत्व रहेको चौधरी वताउछन । यो नाच थारु समुदायमा महटवाको आँगनमा एक महिना सम्म नाचिन्छ चौधरीले भने । सख्या नाच खास गरि गाँउका सुरक्षा देखि लिएर अन्नवालिको लागि नाचिने गरेको चौधरीको भनाईथियो  । सख्या नाचमा तन्त्रमन्त्र संग जोडिएको हुन्छ । यो नाचमा सखिर भनि हरेक गितको भाका गाउने पर्ने हुन्छ चौधरीले भने । थारु जातिहरुको नाच यति मात्र नभएर अरु पनि रहेको चौधरी वताउछन । धेरै नाच त लोप भइसकेका छन अब जति नाच छन यी नाचलाई संरक्षण गर्नतिर सवैले लाग्नुपर्छ चौधरीले भने । नाच अनुसार गीत छन, गीत अनुसार आफ्नै मौलिक भाषा लय रहेकाछन चौधरीले भने । यी मौलिक गीत र नाच नै थारु जातिको सस्कृति झल्काउने एउटा माध्यम हो चौधरी भन्छन । त्यसैले थारु जातिको नाच तथा सस्कृतिलाई संरक्षणको लागि राज्यले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको चौधरीले भने । अर्धवार्षिक रुपमा हुन्छ या वार्र्षिक रुपमा  जिल्ला स्तरिय सास्कृतिक कार्यक्रम गर्नुपर्छ । यसरी गर्ने हो भने थारु जातिहरुको मात्र नभएर सवै जातिको सस्कृति जोगिने उनले भने । हरेक जातिको भाषा, कला, सस्कृतिको सरक्षण र प्रवद्र्धन गर्ने मुख्य दायित्व भनेको राज्यको हो । त्यसैले यो विषयमा राज्य गंभिर भएर सोच्नुपर्छ चौधरीले भने ।

No comments:

Post a Comment