Friday, July 31, 2015

थारु गाउँ–गाउँमा ‘हरढवा’को चहलपहल

सन्तोष दहित

वर्षको एकचोटी मनाउने हरढवा पर्व यतिवेला थारु समुदायको बसोबास रहेको गाँउ गाँउमा हरढावा पर्व मनाउनको लागि चहलपहल बढेको छ । कुनै गाँउमा हरढवा पर्व मनाइसकेका छन भने कुनै गाँउमा हिजआज धुमधाम संग मनाइरहेकाछन । त्यसैगरि कुनै गाँउमा हर्ढवा पर्व मनाउनको तयारीमा जुटेकाछन । जुनगाँउमा चाँदै खेतिपाति सकिन्छ त्यहि गाँउमा चाँदै हरढावा पर्व मनाउने गर्दछन । कुनै गाँउमा भने छिमेकी गाँउकालाई सहयोग गरेर संगसंगै मनाउने गर्दछन । जुन वेला नजिकै वरिपरि गाँउमा अर्थात ५/६ गाँउ संगै हरढावा मनाउदा ठुला चाडपर्व जस्तो लाग्नेगर्छ । 
यो हरढवा पर्व मनाउने चलन परम्परागत रहेता पनि अझै पनि कायमै रहेको छ । अरु पर्व जस्तै थारु समुदायले हरढवा पर्वलाई पनि निकै महत्वका साथ मनाउने गर्दछन । आ–आफ्नो इष्टमित्र तथा नातेदारसंग वसेर खेति गर्दाको दुःख सुखको कुरा गर्ने मिठो मिठो परिकार बनाएर उल्लासमय बातावरणमा मनाउने गदर्छन ।
विशेषे गरि यो पर्व खेतिपाती गर्ने वेला दुःख भएको कुरालाई विर्सनको लागि मनाउने गरेको पाइन्छ । जाँड, रक्सी, विभिन्न थरिको रोटी, सुंगुरको मासुसंगै यो पर्व मनाइन्छ । अघिपछि भन्दा थारु समुदायले हरढावामा धेरै मासु खाने गर्दछन । एक घरमा चार जना परिवार भएता पनि एक व्यक्तिलाई कम्तीमा एक धार्नी (साढे दुइकेजी) गरि ४/५ धानी मासु किन्ने गर्दछन । वर्षको सवैभन्द दुःख काम भनेको खेति र वर्षभरि खानलाई खेतिपाति राम्रो भएकोले पनि यो पर्व थारु समुदायले विशेष रुपमा मनाउने गर्दछन । यदपी थारु समुदाय यो पर्व भन्दा अझै विषेश रुपमा भने माघि पर्व मनाउने गर्दछन । 
गाउँको सवैले खेतिपाति सके की सकेनन गाँउको अघवाले गाँउको सवैघरमा अनुगन तथा रेखदेख गर्छन यदि खेत रोप्न पछि परेका छन भने सेकालाई सहयोग गर्नको लागि अघवाले गाँउलहरुलाई पठाउने गर्छन । यसरी सवै घर अर्थात गाँउको खेतीपाति सक्यो भने गाउको अघवाले गाँउका सवै घरको गरढु¥याहरु एकठाँउमा भेला बोलाउछन । अघवाले वोलाएको भेलामा गाउका सवै गरढु¥याहरु महटवाको घरमा अर्थात गाँउको विचवाटोमा वसेर हरढवा पर्व मनाउने वारेमा छलफल गर्छन । हरढवा पर्व मनाउन तयारीको लागि  लागि कम्तीमा ३/५ दिन सम्म समय छुत्याउछन । एकदिन सुंगुर खोज्ने, एकदिन दाउरा, पात र एक दिन हरढवा पर्व खानको लागि आ–आफ्नो इष्टमित्रहरुलाई निम्तो गर्न, र खानपिनको तयारीको लागि समय छुत्याउने गर्दछन । यसरी सवै समय मिलाएर शनिवार या मंगलबार वा वुधवारको दिन समय तोक्छन । यी तीन वारलाई थारु समुदयाले हरढवा मनाउदा उत्तम दिन मान्ने गरेकोले त्यसैदिन मात्र हरढवा पर्व मनाउने गरेको पाइन्छ । यसरी हरढावाको दिन विहानै उठेर गाँउका  सवै गरढु¥याहरु एकै ठाउमा जुटीसकेपछि अघवाको निर्देशन अनुसार सवै गरढु¥याहरुलाई ७ देखि १० जनाको समुह वनाएर सुंगुर काटन जानेगर्दछन । सवै समुहले सुंगर काटी सकेपछि गाँउको नजिकै फराकिलो ठाँउ हेररे सवै सुंगुरलाई एकै ठाउमा जम्मा गरेर धार्नीको हिसावले मासुको भाग लगाउछन । त्योदिन एकै गाँउमा मात्र ५ देखि ८ वटासम्म सुंगुर काटने गर्छन । 
यसरी सवै तयारी गरिसकेपछि दुइदिनसम्म निकै धुम धामसंग नाचगान गरेर थारु समुदायले १ महिनासम्म हिलोमा दुवेर काम गर्दाको दुःखलाई विर्सनेको लागि हरढवा पर्व मनाउने गर्दछन । 


Tuesday, July 28, 2015

लौव संविधान : बुर्जुवा लोकतान्त्रिक गणतन्त्र

सीएन थारु

विषय प्रवेश : नेपालम संविधान सभा मार्फत लौव संविधान बनैना ६५वर्ष आघक जनतनके चाहना पुरा हुइलागल । कसिन संविधान बन्ति बा ? याकर लाग भाग ३७, धारा २९७ ओ अनुसुची ७ रहल संविधानके मस्यौदा बन स्याकल । आज ओहे मस्याँदा छलफलम रहल विल्गाइठ । जेष्ठ २५ गते हुइल चार मुख्य दलके सहमति उपर सर्वोच्च अदालत स्टे अर्डर जारी कइल रहे । संविधानके मस्यौदा तयार पारक जनतनके विचम छलफलके लाग तबो पठागिल ओ याकर असन्तुष्टी देश भर देखमिलल । मधेसी जनतनके ओरसे प्रचण्ड ओ माधव नेपाल निशाना बनागिल कलेसे लिम्बुवान राज्यवालाके निशाना के.पी. ओली ओ कृष्ण सिटौला बनल । 
श्रावण ८ गते शुक्रके चार दलके शिर्ष नेतृत्वके बैठक से श्रावण महिना भित्तर संविधान जारी कैना सहमति हुइल निर्णय बाहर आइल । ओस्त असन्तुष्ट दलसे सम्बाद, वार्ता कैना सहमति फे हुइल । सिमाङ्कन सहितके संघियता नै आइसेकी कना ठहर होस्याकल । दोश्रा धर्म निरपेक्षता हटैना विषय संविधानके मस्यौदा सम्बन्धि छलफलके महत्वपूर्ण पक्ष बनगइल । प्रा.कृष्ण खनालके भनाई अनुसार चार शिर्ष नेतृत्व नेपालम ८१प्रतिशत जनतन हिन्दु रहल तथ्याङ्क मानक नै कि नरेन्द्र मोदीके चाहना पुरा करकटन नेपाल धर्म निरपेक्ष राज्य रहल विषय संविधान से हटैना काम करी कलेसे आश्चर्य माने पर्ना बात नै रही । इन्डिनिष्ट मतके अनुसार धर्म निरपेक्षता ओ गणतन्त्र नेपालके सन्दर्भम एक सिक्का के दुई पाटा हो कारण नेपाल राज्यके केन्द्रिय पक्ष जो सनातन वर्णाश्रम हिन्दु धर्मम आधारित देखमिलठ । पशुपति नाथ राष्ट्रिय देवता, गाई राष्ट्रिय जनावर, राष्ट्रिय रङ्ग सिम्रीक इत्यादि वर्णाश्रम हिन्दु धर्म हे बलगर बनाइकटन योजनावद्ध काम आघ बर्हाइल गोरखा राज्य विस्तार पश्चात हो । लौव संविधानम याकर निरन्तरता देना प्रयास स्वरुप मस्यौदा तयार कैगिल । 
बुर्जवा लोकतान्त्रिक गणतन्त्र : संसार भर सामन्ति राजतन्त्रके अथवा सामन्ति शासनके विरुद्ध बुर्जुवा लोकतान्त्रिक गणतन्त्र राज्यव्यवस्थाके रुपमा आइल । याकर दार्शनिक पक्ष उदारवाद मानगिल । फ्रान्सके राज्यक्रान्ति ओ वेलायतके औद्योगिक क्रान्ति लगायत अमेरिकी स्वतन्त्रता संग्राम उदारवादके जगम आधुनिक राज्य निर्माण करकटन संसारभर हौस्याइल । मानव केन्द्र मानक उदारवाद व्यक्ति स्वतन्त्रता र सार्वभौम अधिकार अक्षुण ठहर कर्ती संसदके सर्वोच्चता सहितके राज्य व्यवस्था आघ बह्राइल । जनताके प्रतिनिधि सहितके संसद गठन करकटन वालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरण इत्यादि महत्वके विषय बनल । बुर्जुवा लोकतान्त्रिक गणतन्त्र सामाजिक न्याय र शोषणको अन्त्य नैकरे सेक्ना ठहर कैक पूँजीवादके विरुद्ध माक्र्सवाद राजनीतिक विचार के रुपमा आइल । माक्र्सवाद समाजके द्वन्द्ववादी चरित्र ऐतिहासिक रुपम अध्ययन कर्ती वर्गसंघर्ष हे राजनीतिक संश्लेषण कैख पूँजीवादके विरुद्ध वैचारिक, राजनीतिक, अर्थराजनैतिक संघर्ष आघ बह्राइल । नवउदारवादके दर्शन जहाँ लोकतन्त्र हे समावेशी अथवा प्रतिनिधि मुलक बनाक प्रयोगम नानगिल । 
बुर्जुवा लोकतान्त्रिक गणतन्त्रम धर्मके विषयम सेकुलर ठहर कैगिल मुले अभ्यासम जहाँ फे एक विशेष धर्म हे संरक्षण प्रदान करती आइल । धर्म निरपेक्ष राज्य भारतम बाबरी मस्जिद तुर गिल । नेपालके सन्दर्भम हिन्दु धर्म हे संरक्षण आज फे करती रहलक प्रमाण बा । प्रभूत्वशाली समुदाय धर्म हे शक्ति संचयके संयन्त्र बनैलक कारण नेपालम फे सनातन वर्णाश्रम हिन्दु धर्म यथावत राखक लाग वहस जोरतोर से चलैती बा । बुद्धछिरिङ्ग मोक्तानके फेसबुक स्टाटस स्पष्ट रुपम मत दर्ज करास्याकल कि वेदके पुरुष सुक्तम ब्राह्मण विराट पुरुषके मुख से जन्म लेलक कारण स्वयम् हे ब्राह्मण अवल मानगिल । ब्राह्मण लोग दुइचो जर्मठ ज्याकर प्रमाण जनै हो । जनै हे द्वीजिय बोलठ । आज ओहे संसारके विद्वान मानगिल ब्राह्मण जब संविधान के मस्यौदा तयार कर्ल वहिष्करणम परल जनता सन्तुष्ट नै हुइस्याकल । संविधान परपिडक हुइसेकी अनुमान इहे बा । बुर्जुवा लोकतान्त्रिक गणतन्त्र १२बुँदे दिल्ली सम्झौताके मुल मर्म हुइलेक कारण भारत यिहे व्यवहारिक वनाइक दवाव सिर्जना कर्ती बा । माओवादीके लाग बुर्जुवा लोकतान्त्रिक गणतन्त्र स्वीकार करही पर्ना बाध्यता बा । 
लौव संविधान : लौव संविधान समग्रम राजनीतिक दस्तावेज नै बनेसेकल । राजनीति द्वन्द्व सामाधानके लाग हो । लौव संविधान जारी हुलेक पाछ यहाँ लौव मेरके द्वन्द्व शुरु हुइना होगिल । लौव संविधानम अनेकन धारा असिन बा जिहे मनन करी कलसे अन्तरविरोधी देख मिलठ । राज्यके परिभाषाम वहुजातीय, वहुसाँस्कृतिक, वहुधार्मिक राज्य मानगिल मुले राज्यके निर्देशक सिद्धान्त जातीय जनसंख्याके आधारम समानुपातिक प्रतिनिधित्व अस्वीकार करलक विल्गाइठ । दोश्रो श्रोत साधनके न्यायोचित वितरण, सक्कु किसिमके आर्थिक शोषण ओ असमानता के अन्त कैना सवालम जौ तीन खम्बे अर्थनीति मस्यौदाम देखमिलल । विश्वव्यापिकरणके माहोलम  खुल्ला बजार नीति नेपाल लागु नै करे सेक्ना स्थिति विल्गाइल । समाजवाद उन्मुख अर्थतन्त्रके विकास युटोपियन सोसलिज्म बनगिल । 
लौव संविधानके धारा २३ सामाजिक न्यायम थारु संवैधानिक जारगन प्रयोग हुइल । यिहे आधार बनाक थारु सभासद ओ थारु बुद्धिजिवी सक्कु मज्जा माने लागल । थारु सभासदहुक्रे यी उपलब्धि के विषय हो ज्याकर लाग हम्र भारी लडाइृ लडे परल कहति प्रहसन मचैती बा । थारु शब्दके संवैधानिक अर्थ कसिक खोज्ना ओ सैद्धान्तिक जग याकर का हो ? यी सवाल सँगे उठस्याकल । उदारलोकतन्त्रके सैद्धान्तिक जगम थारु शब्दके कौनो अर्थ नै रही । थारु किल स्थानीय वासिन्दा आब नै रहल । प्राकृतिक श्रोत साधन उपयोगम स्थानीय जनताके अग्राधिकार सुनिश्चित कैना बात उठाइल मुले नेपाली सन्दर्भम स्थानीय वासिन्दाके परिभाषा औरोमेर के विल्गाइठ । आदिवासी ओ आदिवासी जनजाति कैहके संवैधानिक जारगन आइल । असिन लागठ कि मस्यौदा करुइयन कानुनी भाषाम कमजोर रहे । मौलिक आधिकार भित्तर क्षतिपूर्तिके अधिकार का करे नै परल ? मुख्य सवाल यी हो । राज्य मार्फत राष्ट्रिय निकुञ्ज, हाइवे, इन्डष्ट्रियल स्टेट, पुनर्वास के नामम जग्गा अधिग्रहन कैना ओ क्षतिपूर्ति नै देना यी कसिन लोकतन्त्र हो ? लोकतन्त्रके खोल आह्रक कुलिनतन्त्र चलैना चाहना विल्गाइठ मस्यौदा संविधानम ।
निष्कर्ष : एक थान संविधान जारी हुई कना आशा बा । जब सम्म संविधान जारी नै हुई निश्चित हुइसेक्ना स्थिति फे नि हो यहाँ । संविधान के मस्यौदा सैद्धान्तिक जग नवउदारवाद नै हो । आज जौन सामुहिक अधिकार के विषय शुरु से उठती बा ऊ सक्कु मुद्दा किल बन्के रहगिल । मुद्दा एकल आयामिक ढङ्गसे उठती आइल ओ सामुहिक अधिकार एक डरलाग्दो विषय बनगइल कि पाछ यी देश विखण्डनके सहयोगी तत्व बन नजाए । असिन स्थितिम प्रा.कञ्चन चन्द्र कहठ– “यदि जातीय पार्टी संस्थागत रुपम प्रोत्साहित कैजाइठ जातीय पार्टी लोकतन्त्र हे दीगो बनाइठ ; आउट विडिङ्ग हे आउट विडिङ्ग मोडलद्वारा मानगइल एक आयामिक जातीय पहिचान हे वहुआयामिक पहिचान मार्फत प्रतिष्ठापन कैस्याकठ ... यी स्पष्ट बा कि लोकतन्त्र के स्थायित्व हे खतरा जातीय विभाजनके आन्तरिक विभाजन से नै हुइठ मुले संंस्थागत सन्दर्भ ज्याकर भित्तर जातीय राजनीतिके स्थान विल्गाइठ ; ऊ एकल आयाम ओर सिमित बनाइठ ओ लोकतन्त्र अस्थिर बनठ जबकी जातीय पहिचान के वहुआयामिक हे बढावा देहठ लोकतन्त्र दीगो बनाइठ ।”
उपरोक्त मत अनुसार नेपालम सैद्धान्तिक बुझाईके फरकपन से हमार गतिविधि एकल आयामिक हो कि वहुआयामिक बुझैना कर्रा परल । ओस्त कुलिन शासकवर्ग राजनीतिके पारडाइम शिफ्ट होस्याकल पत्ता पइलक पाछ फे रुपान्तरणम नै पुगे सेक्ना त्रास बोक्क अखण्डताके नामम अथवा जातीय सदभाव विथोलेसेक्ना हौवा फिंजाक चेतना हे रोके ख्वाजठ । भारतीय संस्थापनके चाकरी करक कामम लाज नै हो उहीन मुले राज्यके चरित्र बदले पर्ना जनतनके मनोभावना हे विखण्डन देख्ना 
कमजोर मानसिकता बनाक बैठक बा । जातिके आत्म निर्णयके अधिकार अनड्रीप स्वीकार कैलक स्थितिम फे याकर पक्ष राष्ट्र रहल नेपाल लौव संविधानम स्वीकार करे सेक्ना उदारता देखाइ नैसेकल । अनड्रीप उदारवादी जगम आइल आदिवासी जनतनके अधिकार सम्बन्धि घोषणा पत्र हो । गाउँघरम एकठो कहाई बा कि वावहन, वानर हाथि–यी तिनु उत्पाति । इतिहास ह्यार्वि कले से वावहन युरोप के वारवेरियन से तुलना करे सेक जाइठ । वारवेरियन कहना एक अर्थम जंगली हो । आज संविधान मस्यौदा स्पष्ट रुपम सैद्धान्तिक जग किटान करे नैस्याकल विल्गाइठ मुले सारम याकर केन्द्रीय भाग नवउदारवाद रहल महसुस जो हुइठ आब संक्रमणकाल के अन्त नै हुइसेकी । नेपालके भविष्य ओहेक मारे सन्तोष माने सेक्ना स्थिति ने विल्गाइठ ।   

लौव अग्रासन साप्ताहिकबाट

Sunday, July 26, 2015

झुपडीमात्रै बनाएर नमुना थारु ग्राम हुदैन

सन्तोष दहित
साउन १०, दाङ । 
दाङ जिल्लाको सौडियार ९, सिसहनियमामा थारु नमुना ग्रामको नाम चल्नथालेपछि बाहिर जिल्लाका पर्यटकहरु भर्खरै आउन थालेकाथिए । केहिले चर्चा पनि गर्नथालेकाथिए । तर, त्यहाँका भौतिक संरचना र सेवा सुविधाहरु नाम मात्रै भएपछि अहिले नमुना थारु ग्राम स्थानिको बसोवास र पशुपालन गर्ने थालोमात्रै बनेको छ । नमुनाको नाममा पाँचवटा थारु समुदायको परम्परागत घर भएपनि त्यो व्यवस्थित छैन । पर्यटकहरुलाई अवोलनक तथा बस्नको लागि बनाएको घरमा गाई, गोरु, भेसी बस्नेगरेकाछन् । त्यसैगरि घरको अगाडी सुुंगुर बंगुर बाधिएकाछन् । घर भत्किन थालेकाछन् । भौतिक संरचनाको अभावदेखि संरक्षणको अभावलेपनि थारु नमुना ग्राम झन कम्जोर बन्दै गइरहेकोछ । ५÷६ वर्ष अगाडी जिल्ला विकास समितिको पहलमा निर्माण गरिएको नमुना थारु ग्राम अहिले विभिन्न कारणले आझेलमा पर्दे गइरहेकोछ । जिल्लाकै नमुनाको रुपमा स्थापित गर्ने उद्देश्यकले जिल्ला विकास समितिले थारु नमुना ग्राम भनेर घोषणा गरेकोथियो । सोहिक्रममा त्यहाका हरेक क्षेत्रलाई नमुना बनाउनको लागि १० वुदें सम्झौतापनि गरेको छ । तर सम्झौताअनुसार कार्यन्वयन नभएपछि थारु अगुवाहरुले चासो व्यक्तगर्नथालेकाछन् ।
 थारु नमुना ग्राम नाम मात्र रहेको वताउछन्–थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरी,–‘सोझा र इमान्दार जातिलाई झुक्याउने खेलमात्रै हो ।’ ‘कुन हिसावले जिविसेले त्यो गाउँलाई नमुनाग्राम घोषणा ग¥यो आफुले वुझ्न नसकेको चौधरीले भने ।’ पाँच वटा परम्परागत थारु घर अर्थात वुक्रही घर वनाएर मात्र नमुना ग्राम घोषणा हुन सक्दैन उनले भने । साच्चिकै थारु नमुना ग्रामलाई नमुना ग्राम वनाउने हो भने पहिला कुरा त्यो गाँउलाई शिक्षित वनाउनुपर्छ । ‘बालमैत्रि गाँउ वन्नु प¥यो, महिला तथा पुरुष मैत्रि हुनप¥यो, गाँउको सरसफाईलाई ध्यान दिनुप¥यो, प्रत्येक घरको एक व्यक्ती रोजगारीको सिर्जना गर्नुप¥यो, वाटोघाटोको व्यवस्था गर्नुप¥यो, खानेपानी हुनुप¥यो अनि पो थारु नमुना ग्राम भन्न सकिन्छ’ चौधरीले भने–थारु नमुना ग्राम भनेर घोषणा गर्ने त्यसको रेखदेख नगर्ने, त्यहा को समस्या के छ त्यसको वारेमा सोधपुछ पनि नगरेको कारणले अहिले नमुना थारु ग्राम नाजुक बनेका चौधरीको बुझाई छ । ‘हरेक सुुविधा सम्पन्न र त्यहाँका हरेक चिजदेखि लिएर वातावरण समेत नमुना हुनुपर्छ त्यसपछि बल्ल नमुना थारु ग्राम घोषणा भन्न सकिन्छ ’ चौधरीभन– ‘हावातालमा देखावटी पाँच वटा थारु घर वनाएर नमुना थारु ग्राम भन्न मिल्दैन ।’

 थारु नमुना ग्रामलाई थारु जातिको साँस्कृतिक पहिचान  झल्काउने उदेश्यले वनाएपनि त्यो समेत नरहेको चौधरीको भनाइ छ । ‘थारु जातिको साँस्कृतिक पहिचान झलकाउने भनेर सरकारले छुत्याएको वजेट अलि–अलि देखाए जस्तो गर्ने विलभरपाई वनाएर खाएर आफुले कुम्लाएको जस्तो मात्र देखियो,–चौधरीले भने–‘यस्तो तरिकाले कदापी थारु नमुना ग्राम हुन सक्दैन, नमुना भनेको शव्द आफैमा नमुना हुने होइन वनाएपछि हुन्छ । 
उनकाअनुसार थारु गाउँ थारु जातिको ‘रियालिटी’ नै नभएको उनले बताए । जसरी जिविसले थारु जातिको परम्परागत थारु घर उतारेरको छ यस्लाई स्वागत योग्य भन्न सकिन्छ । तर, वास्तविक्ता भएन चौधरीले भने ‘थारु जातिका पहिलाको थारु घर भनेको लामो आकारमा र चौदाई हुनेगथ्र्याे । थारु समुदायका मानिसले कहिले पनि सांघुरोमा वसेनन जहिले पनि फराकिलोमा वस्ने गर्थे ।
 सानो–सानो झुपदी वनाएर थारु नमुना ग्राम भन्न नमिल्ने उनले बताए । यी साना–साना झुपदी त पहिलाका थारु जातिको गोठहरु हुन्ठे । उनकाअनुसार साँच्चिकै थारु समुदायको परम्परागत थारु घर देखाउने हो भने ९÷१० कोठाका लामो र चौडाई तथा अग्लो वनाउनु पर्ने सुझाव दिए । त्यसैगरि मानिसलाई अति आवश्यक चाहिने सवै आधारभुतको आबश्यक्ता परिपुर्ती हुनुपर्छ । थारु नमुना ग्रामको रेखदेख गर्ने त्यहाका मानिसलाई आयआर्जनाको तालिम दिनुप¥यो । उनिहरुको जिविको पार्जनको लागि त्यहाका जनताले भने वमोजिमको तालिम आयआर्जनमा लगाउन जरुरी रहेको बताए ।