Sunday, July 26, 2015

झुपडीमात्रै बनाएर नमुना थारु ग्राम हुदैन

सन्तोष दहित
साउन १०, दाङ । 
दाङ जिल्लाको सौडियार ९, सिसहनियमामा थारु नमुना ग्रामको नाम चल्नथालेपछि बाहिर जिल्लाका पर्यटकहरु भर्खरै आउन थालेकाथिए । केहिले चर्चा पनि गर्नथालेकाथिए । तर, त्यहाँका भौतिक संरचना र सेवा सुविधाहरु नाम मात्रै भएपछि अहिले नमुना थारु ग्राम स्थानिको बसोवास र पशुपालन गर्ने थालोमात्रै बनेको छ । नमुनाको नाममा पाँचवटा थारु समुदायको परम्परागत घर भएपनि त्यो व्यवस्थित छैन । पर्यटकहरुलाई अवोलनक तथा बस्नको लागि बनाएको घरमा गाई, गोरु, भेसी बस्नेगरेकाछन् । त्यसैगरि घरको अगाडी सुुंगुर बंगुर बाधिएकाछन् । घर भत्किन थालेकाछन् । भौतिक संरचनाको अभावदेखि संरक्षणको अभावलेपनि थारु नमुना ग्राम झन कम्जोर बन्दै गइरहेकोछ । ५÷६ वर्ष अगाडी जिल्ला विकास समितिको पहलमा निर्माण गरिएको नमुना थारु ग्राम अहिले विभिन्न कारणले आझेलमा पर्दे गइरहेकोछ । जिल्लाकै नमुनाको रुपमा स्थापित गर्ने उद्देश्यकले जिल्ला विकास समितिले थारु नमुना ग्राम भनेर घोषणा गरेकोथियो । सोहिक्रममा त्यहाका हरेक क्षेत्रलाई नमुना बनाउनको लागि १० वुदें सम्झौतापनि गरेको छ । तर सम्झौताअनुसार कार्यन्वयन नभएपछि थारु अगुवाहरुले चासो व्यक्तगर्नथालेकाछन् ।
 थारु नमुना ग्राम नाम मात्र रहेको वताउछन्–थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरी,–‘सोझा र इमान्दार जातिलाई झुक्याउने खेलमात्रै हो ।’ ‘कुन हिसावले जिविसेले त्यो गाउँलाई नमुनाग्राम घोषणा ग¥यो आफुले वुझ्न नसकेको चौधरीले भने ।’ पाँच वटा परम्परागत थारु घर अर्थात वुक्रही घर वनाएर मात्र नमुना ग्राम घोषणा हुन सक्दैन उनले भने । साच्चिकै थारु नमुना ग्रामलाई नमुना ग्राम वनाउने हो भने पहिला कुरा त्यो गाँउलाई शिक्षित वनाउनुपर्छ । ‘बालमैत्रि गाँउ वन्नु प¥यो, महिला तथा पुरुष मैत्रि हुनप¥यो, गाँउको सरसफाईलाई ध्यान दिनुप¥यो, प्रत्येक घरको एक व्यक्ती रोजगारीको सिर्जना गर्नुप¥यो, वाटोघाटोको व्यवस्था गर्नुप¥यो, खानेपानी हुनुप¥यो अनि पो थारु नमुना ग्राम भन्न सकिन्छ’ चौधरीले भने–थारु नमुना ग्राम भनेर घोषणा गर्ने त्यसको रेखदेख नगर्ने, त्यहा को समस्या के छ त्यसको वारेमा सोधपुछ पनि नगरेको कारणले अहिले नमुना थारु ग्राम नाजुक बनेका चौधरीको बुझाई छ । ‘हरेक सुुविधा सम्पन्न र त्यहाँका हरेक चिजदेखि लिएर वातावरण समेत नमुना हुनुपर्छ त्यसपछि बल्ल नमुना थारु ग्राम घोषणा भन्न सकिन्छ ’ चौधरीभन– ‘हावातालमा देखावटी पाँच वटा थारु घर वनाएर नमुना थारु ग्राम भन्न मिल्दैन ।’

 थारु नमुना ग्रामलाई थारु जातिको साँस्कृतिक पहिचान  झल्काउने उदेश्यले वनाएपनि त्यो समेत नरहेको चौधरीको भनाइ छ । ‘थारु जातिको साँस्कृतिक पहिचान झलकाउने भनेर सरकारले छुत्याएको वजेट अलि–अलि देखाए जस्तो गर्ने विलभरपाई वनाएर खाएर आफुले कुम्लाएको जस्तो मात्र देखियो,–चौधरीले भने–‘यस्तो तरिकाले कदापी थारु नमुना ग्राम हुन सक्दैन, नमुना भनेको शव्द आफैमा नमुना हुने होइन वनाएपछि हुन्छ । 
उनकाअनुसार थारु गाउँ थारु जातिको ‘रियालिटी’ नै नभएको उनले बताए । जसरी जिविसले थारु जातिको परम्परागत थारु घर उतारेरको छ यस्लाई स्वागत योग्य भन्न सकिन्छ । तर, वास्तविक्ता भएन चौधरीले भने ‘थारु जातिका पहिलाको थारु घर भनेको लामो आकारमा र चौदाई हुनेगथ्र्याे । थारु समुदायका मानिसले कहिले पनि सांघुरोमा वसेनन जहिले पनि फराकिलोमा वस्ने गर्थे ।
 सानो–सानो झुपदी वनाएर थारु नमुना ग्राम भन्न नमिल्ने उनले बताए । यी साना–साना झुपदी त पहिलाका थारु जातिको गोठहरु हुन्ठे । उनकाअनुसार साँच्चिकै थारु समुदायको परम्परागत थारु घर देखाउने हो भने ९÷१० कोठाका लामो र चौडाई तथा अग्लो वनाउनु पर्ने सुझाव दिए । त्यसैगरि मानिसलाई अति आवश्यक चाहिने सवै आधारभुतको आबश्यक्ता परिपुर्ती हुनुपर्छ । थारु नमुना ग्रामको रेखदेख गर्ने त्यहाका मानिसलाई आयआर्जनाको तालिम दिनुप¥यो । उनिहरुको जिविको पार्जनको लागि त्यहाका जनताले भने वमोजिमको तालिम आयआर्जनमा लगाउन जरुरी रहेको बताए ।

No comments:

Post a Comment