Saturday, June 27, 2015

थारु समुदायको पहिचान झल्काउनको लागि ब्लगिङ गर्छु : सन्तोष दहित

हेकुली,दाङका सन्तोष दहितलाई समाजसेवामा निकै रुचि  उनी पेशाले पत्रकार हुन्। अहिले एम. दोस्रो वर्षमा अध्ययनरत छन्  सन्तोष पत्रकारिताकासँग सम्बन्धित बिभिन्न संघसंस्थामा आबद्ध छन्।  थारु पत्रकार संघको मध्ययपश्चिम इन्चार्ज, नेपाल पत्रकार महासंघ दाङ शाखा नेपाल पर्यटन पत्रकार समुहलौवअग्रसान साप्ताहिकराप्ती समाचार दैनिकथारुवान डटकम तथा थारु कल्याणकारिणी सभा फेडवासन संस्थासँग आवद्ध छन्
      पत्रकारिताका बाहेक सन्तोष ब्लग लेखनमा समेत सक्रिय छन्। उनले भर्खरैमात्र ब्लगिङ शुरु गरेका हुन्।मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सन्तोष दहितलाई प्रस्तुत गरेका छौ। प्रस्तुत उनीसँग गरिएको कुराकानी :

सन्तोष दहितलाई  सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छॽ बताइदिनुस
Ø  सन्तोष दहितलाई सोसल मिडियामा सामान्य पत्रकार तथा सामाजिक अभियन्ता अधिकारकर्मी भनेर चिनाउन चाहन्छु  
ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो कसरी सुरु गर्नुभयो 
Ø  वि.सं. २०७२ जेठ १४ गते देखि ब्लग चलाउन सुरु गरे इक्वेल इक्सेस नेपालले जनजाति पत्रकारहरुको लागि सुर्खेतमा दिने तालिमको आयोजना गरेको थियो त्यहिक्रममा सोही संस्थाका कार्यक्रम निर्देशक विनय गुरागाईँले केहि प्राविधिक कुराहरु सिकाउनु भयो त्यहाँ सिकिएका कुरालाई व्यवहारमा ल्याउनका लागि अहिले निरन्तर ब्लगिङ गरिहेको छु   


के का लागि ब्लगिङ गर्नुहुन्छ  कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन 
Ø  विशेषतः थारु समुदायको पहिचन झल्काउनको लागि ब्लगिङ गर्छु विश्वका सवै समुदायलाई थारु समुदायको ऐतिहासिक संस्कृति तथा रहनसहन,  भाषाकलाको बारेमा ब्लगिङ मार्फत जानकारी गराउनु चाहन्छु मेरो रोजाई भनेको कुनै पनि नयाँ तथा पुराना विषयवस्तुको अनुसन्धान गरि नयाँ तथ्य बाहिर ल्याउनु हो
तपाईले  http://santoshdang.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ 
Ø  यो बाहेक अरु ब्लग छैन
अनि ब्लगिङलाई निरन्तरता दिन कत्तिको सजिलो  
Ø  ब्लगिङलाई निरन्तरता दिने भनेको इन्टरनेटसमय सान्दर्भिक विषयवस्तु पैसा हो यिमध्ये कुनै एक चिजको कमी भयो भने पनि ब्लगिङलाई निरन्तरता दिन गाह्रो हुन्छ अनि पैसा चाहिँ यस अर्थमा कि इन्टरनेट चलाउनलाई पैसा बिना सम्भव छैन
तपाई सोसल मिडियामा पनि हुनुहुन्छ नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको  
Ø  यसको सकारात्मक तथा नकारात्मक दुवै तरिकाले प्रयोग भएको देख्छु
अरुका ब्लग कत्तिको पढ्नु हुन्छ  विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् 
Ø  अलि मन छुने खोजि विषयवस्तुहरु अपडेट भएको थाहा पाएपछि केहि ब्लगहरु पढ्ने गर्छु कसैको ब्लग मेरो इमेलमा आउने पनि गर्छ यदि त्यो आयो भने खोलेर हेर्ने गर्छु इन्टरनेटमा बसेको बेला प्राय:जसो सवैको हेर्ने गर्छु
नेपालमा ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको सदुपयोग या दुरुपयोग  अनि कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्यॽ
Ø  ब्लगिङ सोसल मिडिया हो जसलाई आफुलाई चाहिएको बेला पनि प्रयोग गर्न सकिन्छ स्वतन्त्र रुपमा आफ्ना विचार राख्न पाईने भएकाले पनि यसतर्फ युवाहरु आकर्षित हुनु स्वभावीक हो ब्लगिङलाई केहिले सदुपयोग पनि गरिरहेका छन् भने केहिले दुरुपयोग पनि गरिरहेकाछन् तरयसलाई दुरुपयोग भन्दा पनि सदुपयोग अर्थात राम्रोसंग प्रयोग गर्न सक्ने हो भने धेरै फाइदा लिन पनि सकिन्छ
मानिसहरु ब्लगिङ गर्न रहर धेरै नै गर्छनतर निरन्तरता दिन सक्दैनन्तपाईको विचारमा ब्लगलाई समय दिन गाह्रो भएरै हो या अरु कुनै कारणले होला 
Ø  पहिलो कुरा ब्लगिङ भनेको के हो त्यसको बारेमा जानकारीकको अभावले नै हो निरन्तरता दिन नसकिएको अर्को कुरा विषयवस्तु तथा ईन्टरनेटको सहज पहुँज नहुनाले पनि निरन्तरता दिन गाह्रो  
हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लगट्वीटर फेसबुकमा के फरक पाउनुभयो 
Ø  ब्लगट्विटर फेसबुक यी तीनै सोसल मिडियाका आफ्नै विशेषता छन् ब्लगमा विचारसंस्मरण राख्न सकिन्छ यो एउटा वेवसाइट जस्तै हो त्यस्तै ट्विटरबाट छोटो छिटो सुचना लिनदिन सकिन्छ भने फेसबुकमा च्याट गर्न तथा स्टाटस राख्न तथा नयाँ साथि बनाउन पुराना भेट्न सकिन्छ
नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको  
Ø  मैले धेरै पाएको छु जस्तैमहिला विभेदकाजातिय विभेदका विषयवस्तुहरुलाई धेरै उठान गरेको पाएको छु
तपाईको ब्लगमा आफ्नो ठाँउको स्थानिय सँस्कृतिका कुराहरु धेरै रहेछन्कसरी यि विषयवस्तुहरु संकलन गर्नु हुन्छ 
Ø  होमेरो ब्लगमा खास गरि थारु समुदायका संस्कृतिका कुराहरु धेरै छन् मैले  यहि उद्देश्यले नै ब्लग खोलेको हुँ मेरो चाहाना भनेको ब्लग मार्फत विशेषगरि थारु समुदायको भाषाकलासँस्कृति उनिहरुको रहनसहनलाई संसारका सवै समुदायलाई चिनाउनु पनि हो त्यसैले साताको एक दिन थारु गाउँमा पस्ने गर्छु त्यहाँ गएर थारु अगुवातथा बुद्धिजीवीहरुसँग सोधपुछ तथा प्रत्यक्ष सहभागि  विषयबस्तुको अनुसन्धानगरि संकलन गर्ने गर्छु
ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी ब्लगरका लागी आचारसंहिता 
Ø  अति आवश्यक किनकी सोसल मिडियामा सकारात्मक भन्दापनि बढि नकारात्मक कुराहरु पनि आउने गरेका छन्
केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो  
Ø  मेरो विचारमा नागरिक पत्रकारिता नै हो जस्तो लाग्छ
मेरो रिर्पाेटबाट,( merorepor.net)

No comments:

Post a Comment