Friday, June 26, 2015

किन बन्द भयो थारु संग्राहलय ?


सन्तोष दहित 
दाङ । घोराहीदेखि दुई किलोमिटर दक्षिण पनौरा गाउ“को पूर्वतिरको करिब १०० मिटरभित्र थारु समुदायको थारु संग्राहलय छ । आफ्नो पूर्खाहरुले मान्दै आएका चालचलन, संस्कृति, रितिरिवाज, भेषभूषालाई संरक्षण गर्ने उद्देश्यले २०६६ असार १७ गतेका दिन गुम्राह थारु सा“स्कृतिक संग्राहलय स्थापना गरेका थिए । करिब आठ लाख बराबरको लगानीमा स्थापना गरिएको संग्रहालयको उद्घाटन पूर्व सूचना तथा सञ्चारमन्त्री शंकर पोखे्रलले गरेका थिए । तर, केही वर्षदेखि यो संग्राहलय भने बन्द अवस्थामा छ ।

    २०१७ सालको पञ्चायतको विरुद्धमा आन्दोलन गरिरहेका बेला किसान नेता  गुम्राह थारुको ज्यान गएको थियो । लक्ष्मीपुर गाविस वडा नं. ६ बेलुवा बन्जाडेका थारु लामो समयसम्म किसानहरुको पक्षमा आवाज उठाइरहेको बेला उनलाई गोली हानी हत्या गरिएको थियो । हत्यापछि उनलाई एमालेले सहिद घोषणा गरेको थियो । उनै सहिद गुम्राह थारुको सालिक घोराहीमा पनि स्थापना गरिएको छ । उनको सम्झनालाई अझै कालजयी बनाउन लागि दाङका थारुहरुले उनको नाममा संग्रहालय स्थापना गरेका हुन् । 
    त्यति मात्र नभएर थारु जातिहरुले आफूहरु माथि दमन र ज्यादती सहन नसकेपछि बुह्रान (दाङ, बा“के, बर्दिया, कैलाली, कञ्चनपुर) जान लागेको बेलाको वस्तुगत चित्रको माध्यमबाट अरुलाई पनि जानकारी दिने उद्देश्यले थारु समुदायको कतिपय परम्परागत सामग्री र केही नया“ सामग्रीसमेत बनाएर संग्राहलयमा राखिएको छ । 
    त्यस्तै थारु जातिले प्रयोग गर्दै आएको माटोका भा“डा, माटोका गाग्री, भात पकाउने माटोका भोक्टी, तरकारी, दाल, मार पकाउने माटोका भोक्टी, काठको डाडु, चकिया, खोङ्ग्या, छटरी, हलो, जुवा, माटोका देवीदेवता, पूर्खाहरुले लगाउ“दै आएका ‘पौवा’ चप्पल, थारु जातिका पूर्खाहरुले चुरोट खाने माटोको हुक्का चिलिम, हेल्का, डेल्वा, बन्ठी, धान कुट्ने ढेकी, मादल, मन्जौरा, लेहंगा, लगायत थारु संस्कृति र परम्परा झल्काउने करिब ३०० थान वस्तुहरु संग्राहलयमा छन् ।

 उक्त वस्तुगत चित्रबाट सजिलै गरी दाङबाट (बा“के, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत) बुह्रान बसाइसराई गएको अनुमान गर्न सकिन्छ । संग्राहलयमा वस्तुगत चित्रमा थारु जातिका मानिसले लगाउने मौलिक आफ्नै भेषमा सजिएका ती चित्रबाट पनि अध्ययन गर्न सकिन्छ । त्यतिबेलाका थारु जातिले लगाउ“दै आएको पुरुषले लगाउने ‘भेग्वा, चौबन्दी, पौवा, टोपी’ लगायतको र महिलाले लगाउने गुन्यु ‘गोन्या, फरिया’ र ‘बलाउज’ लगाएर महिलाले टाउकामा लुगा, अन्नबाली र पुरुषले ‘भौका’ र अन्य सामान बोकेर बुह्रान (बा“के, बर्दिया, कैलाली, कञ्चनपुर) जिल्लामा चार पा“च दिनसम्म केही नखाई भोकै पेट हिडेर सारा आफूले बनाएका सम्पत्ति छोडेर जान लागेको चित्रबाट स्पष्ट रुपमा बुझ्न सकिन्छ । 
    त्यतिबेलाको भूमिको मालिक थारु जाति अहिले अरु जातिको रैति र दासी बन्नुपर्दा कसलाई दुःख नलाग्ला र । यही विषयलाई अध्ययन गर्न सजिलो होस् र थारु समुदाय वर्षौदेखि दाङको भूमिमा बस्दै आएको इतिहासलाई कायम गर्नको लागि पनि यो संग्राहलयमा राखिएको वस्तुगत चित्रले आउने नया“  पुस्तालाई थारु जातिको पूर्खाहरुको इतिहासलाई अनुसन्धान गर्नमा संग्राहलयले धेरै मद्दत गर्नेछ  । 
    त्यही संग्राहलय अवलोकनको लागि विद्यार्थीको हकमा ५ रुपैया“, सर्वसाधारणको लागि रु. २० रुपैया“ र विदेशी पर्यटकको लागि भने ५० रुपैया“ शुल्क लिने निर्णय भएपनि त्यो कार्यान्वयनमा आएन । संग्राहलयको स्थापनास“गै केही वर्ष पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्मको थारु जाति लगायत अन्य जातिका समुदायले पनि संग्राहलयको अवलोकन गर्न आउने गरेको तर सधैजसो संग्राहलय बन्द भएपछि अवलोकन गर्न आउने पर्यटकहरु पनि फर्केर जाने गरेका छन् । 
    खासगरी यो स्थापना भइसकेको संग्राहलयको सम्पत्तिको रेखदेख तथा संरक्षण र प्रवद्र्धन गर्ने स्थानीय निकायमा रहेका जिल्ला विकास समिति, घोराही नगरपालिका, जिल्ला पर्यटन विकास समितिको मुख्य दायित्व हो । 
    थारु जातिको एउटा मात्र गुम्राह थारु सा“स्कृतिक संग्राहलयको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय  निकायलाई घच्घच्याउनको लागि  थारु जाति एक हुनपर्ने जरुरी छ । जबसम्म थारु समुदायकाले आवाज उठाउ“दैनन् तबसम्म ती निकायले चाल गर्ने छैनन् । यदि थारु जातिको एउटा मात्र संग्राहलयलाई व्यवस्थित गरेर संरक्षण र प्रवद्र्धन गरिनुको साथै व्यापक प्रचारप्रसार गर्न सक्ने हो भने दाङ जिल्लालाई पर्यटकीय रुपमा विकास गर्नलाई पनि धेरै मद्दत पुग्ने देखिन्छ । त्यसैले पनि स्थानीय निकायमा रहेका घोराही नगरपालिका, जिल्ला विकास समिति, सम्बन्धित सरोकार राख्ने संघसंस्था, व्यक्तिहरुले संग्राहलयको  तत्काल अनुगमन गरी त्यहा“ देखिएको समस्या समाधानको लागि अविलम्व काम थालिनुपर्छ । 

No comments:

Post a Comment