Friday, July 31, 2015

थारु गाउँ–गाउँमा ‘हरढवा’को चहलपहल

सन्तोष दहित

वर्षको एकचोटी मनाउने हरढवा पर्व यतिवेला थारु समुदायको बसोबास रहेको गाँउ गाँउमा हरढावा पर्व मनाउनको लागि चहलपहल बढेको छ । कुनै गाँउमा हरढवा पर्व मनाइसकेका छन भने कुनै गाँउमा हिजआज धुमधाम संग मनाइरहेकाछन । त्यसैगरि कुनै गाँउमा हर्ढवा पर्व मनाउनको तयारीमा जुटेकाछन । जुनगाँउमा चाँदै खेतिपाति सकिन्छ त्यहि गाँउमा चाँदै हरढावा पर्व मनाउने गर्दछन । कुनै गाँउमा भने छिमेकी गाँउकालाई सहयोग गरेर संगसंगै मनाउने गर्दछन । जुन वेला नजिकै वरिपरि गाँउमा अर्थात ५/६ गाँउ संगै हरढावा मनाउदा ठुला चाडपर्व जस्तो लाग्नेगर्छ । 
यो हरढवा पर्व मनाउने चलन परम्परागत रहेता पनि अझै पनि कायमै रहेको छ । अरु पर्व जस्तै थारु समुदायले हरढवा पर्वलाई पनि निकै महत्वका साथ मनाउने गर्दछन । आ–आफ्नो इष्टमित्र तथा नातेदारसंग वसेर खेति गर्दाको दुःख सुखको कुरा गर्ने मिठो मिठो परिकार बनाएर उल्लासमय बातावरणमा मनाउने गदर्छन ।
विशेषे गरि यो पर्व खेतिपाती गर्ने वेला दुःख भएको कुरालाई विर्सनको लागि मनाउने गरेको पाइन्छ । जाँड, रक्सी, विभिन्न थरिको रोटी, सुंगुरको मासुसंगै यो पर्व मनाइन्छ । अघिपछि भन्दा थारु समुदायले हरढावामा धेरै मासु खाने गर्दछन । एक घरमा चार जना परिवार भएता पनि एक व्यक्तिलाई कम्तीमा एक धार्नी (साढे दुइकेजी) गरि ४/५ धानी मासु किन्ने गर्दछन । वर्षको सवैभन्द दुःख काम भनेको खेति र वर्षभरि खानलाई खेतिपाति राम्रो भएकोले पनि यो पर्व थारु समुदायले विशेष रुपमा मनाउने गर्दछन । यदपी थारु समुदाय यो पर्व भन्दा अझै विषेश रुपमा भने माघि पर्व मनाउने गर्दछन । 
गाउँको सवैले खेतिपाति सके की सकेनन गाँउको अघवाले गाँउको सवैघरमा अनुगन तथा रेखदेख गर्छन यदि खेत रोप्न पछि परेका छन भने सेकालाई सहयोग गर्नको लागि अघवाले गाँउलहरुलाई पठाउने गर्छन । यसरी सवै घर अर्थात गाँउको खेतीपाति सक्यो भने गाउको अघवाले गाँउका सवै घरको गरढु¥याहरु एकठाँउमा भेला बोलाउछन । अघवाले वोलाएको भेलामा गाउका सवै गरढु¥याहरु महटवाको घरमा अर्थात गाँउको विचवाटोमा वसेर हरढवा पर्व मनाउने वारेमा छलफल गर्छन । हरढवा पर्व मनाउन तयारीको लागि  लागि कम्तीमा ३/५ दिन सम्म समय छुत्याउछन । एकदिन सुंगुर खोज्ने, एकदिन दाउरा, पात र एक दिन हरढवा पर्व खानको लागि आ–आफ्नो इष्टमित्रहरुलाई निम्तो गर्न, र खानपिनको तयारीको लागि समय छुत्याउने गर्दछन । यसरी सवै समय मिलाएर शनिवार या मंगलबार वा वुधवारको दिन समय तोक्छन । यी तीन वारलाई थारु समुदयाले हरढवा मनाउदा उत्तम दिन मान्ने गरेकोले त्यसैदिन मात्र हरढवा पर्व मनाउने गरेको पाइन्छ । यसरी हरढावाको दिन विहानै उठेर गाँउका  सवै गरढु¥याहरु एकै ठाउमा जुटीसकेपछि अघवाको निर्देशन अनुसार सवै गरढु¥याहरुलाई ७ देखि १० जनाको समुह वनाएर सुंगुर काटन जानेगर्दछन । सवै समुहले सुंगर काटी सकेपछि गाँउको नजिकै फराकिलो ठाँउ हेररे सवै सुंगुरलाई एकै ठाउमा जम्मा गरेर धार्नीको हिसावले मासुको भाग लगाउछन । त्योदिन एकै गाँउमा मात्र ५ देखि ८ वटासम्म सुंगुर काटने गर्छन । 
यसरी सवै तयारी गरिसकेपछि दुइदिनसम्म निकै धुम धामसंग नाचगान गरेर थारु समुदायले १ महिनासम्म हिलोमा दुवेर काम गर्दाको दुःखलाई विर्सनेको लागि हरढवा पर्व मनाउने गर्दछन । 


No comments:

Post a Comment