Thursday, May 28, 2015

थारु सोडेंनीहरु भन्छन्— “गाउँका हामी नर्स”

सन्तोष दहित
दाङ  । सौडियार ९ कनरियाकी सम्पत्ति चौधरीले सुत्केरी स्याहार्न थालेको २२ वर्ष पुगिसक्यो । कसैलाई सुत्केरी व्यथा लागेदेखि बच्चाको न्वारान नहुँदासम्म सुत्केरी र शिशुलाई स्याहार सुसार गर्ने जिम्मा उनकै हुन्छ । सुत्केरी कसरी गराउने ? कसरी बच्चा स्याहार्ने अनि कसरी सुत्केरी स्याहार्ने भन्नेबारेमा उनले अहिलसेसम्म केही तालिम भने लिएकी छैनिन् । अनुभवको भरमा उनले अहिलेसम्म सैयौ. सुत्केरीहरुलाई स्याहारिसकेकी छिन । कहिलेकाही त उनलाई तीनचारवटि सुत्केरी गराउनुपर्ने हुन्छ । ठाँउठाँउवाट बोलाउन आँउछन्, कहिलेकाही त भ्याई नभ्याई हुन्छ उनले भनिन् । दिनमै तीनचारवटा सुत्केरी स्याहार्नुपर्छ ।’ कसरी शरिरमा तेल लगाउने, रगताम्य सुत्केरी र सालानालसहितको शिशुलाई सामान्य अवस्थामा ल्याउने र त्यसपछि न्वारानसम्म दुवैलाई आवश्यक हेरचाहा गर्ने जिम्मा उनकै हुन्छ । र, त्यो सव गरेबाफत उनले दिनमा एकसय रुपैयासम्म पाँछिन । न्वारनको दिन सुत्केरी घरकाले उनलाई केहि लत्ताकपडा र अन्नपात पनि दिन्छन् । अरुले खानेकुराहरु पनि दिन्छन, कसैले ।
दाङ नारायणपुरमा भेला भएका सोडेनिहरु तस्विर : सन्तोष दहित



      यसरी सुत्केरीको स्याहार गर्ने महिलाहरुलाई थारु भाषामा सोह्रिन्या भन्छन् भने सामान्य भाषामा सोडेनी । यतिमात्रै होइन, उनिकहाँ अचेल त गर्भबतिहरु प्नि जाँच गराउन आउँछन् । उनि पेछ जाँच्छिन् । बच्च चलेको छ कि छैन ? त्यो पनि सोध्छिन । खानपिनको बारमो सम्झाउछिन् र अरु सल्लाह पनि दिन्छिन् । तीन चार महिनाका गर्भवतीहरु पनि आउँछन्, कोहि दिनपुग्ने बेला पनि आउछन् ।’ अप्ठयारो अवस्थामा गर्भबतीहरुलाई पनि उनि सजिलैसंग गाँउमा सुत्केरी गराउन सक्छिन् । धेरै अप्ठयारो भएकालाई अस्पताल जान भन्छु तर धेरैजसो आफैले गराउछु’ उनले भनिन । अस्पतालले सुत्केरी गराउन नसकेको कतिपय गर्भबतीहरुलाई पनि अस्पतालबाट फर्काएर सुत्केरी गराएकी छिन् । त्यसपछि उनको माग अझै वढेको छ । चौधरी भन्छिन अस्पतालमा त के गर्छन र बच्चा जन्मिन्छ अनि धर पठाइदिन्छन पछि ती सुत्केरीहरु फेरी गाँउ आएर हामी सोडेनी (सोह्रिन्या) हरुलाई खोज्दै आउछन ।’ सम्पत्ति चौधरी अहिलेसम्म कुनै पनि औपचारिक तालिम लिएकी छैनिन् ।  
       सौडियर ५ राजपुरकी मुसी चौधरी पनि (सोडेनी) सोह्रिन्या काम गर्न लागेको एक दश भन्दा वढि भइसकेको छ । उमेरले पाको भइसकेपछि उनलाई सोडेनी) सोह्रिन्या कामले भने अझै जवान नै वनाइदिएको छ । चौधरी भन्छिन सुत्केरीले वोलाएको ठाउमा जाउभने आफ्ना यस्तो दयनि अवस्था छ, नजाउ भेने त्यस्तो अप्ठ्यारो परेको वेला सहयोग नगरे कहिले गर्ने भनेर सकि नसकि जान्छु’ उनले भनिन् । सुत्केरी आमाहरुलाई सोडेनीहरुले सोह्राउनेकाम नगर्ने हो भने सुत्केरी आमा धेरै कम्जोर हुने, पाठेघर खस्न सम्भावान धेरै हुने र उनिहरुको शरिर नै विग्रिने डर हुन्छ त्यसैले यी समस्यावाट वच्नको लागि अहिले सोह्रिन्याको आवश्यक्ता भएको उनिहरुको मान्यता छ । त्यसैगरि नारायणपुर ३ झुम्केवारीकी फूलमति चौधरीले पनि भ्याइनभ्याई सुत्केरीको घरमा पुग्छिन । फूलमतिको सोह्रिन्या काम मात्र गर्नलाको २० वर्ष जति भयो । गाँउ देखि पल्लो गाँउसम्मका सुत्केरीका परिवारले वोलाउन आउछन । दुःख परेको वेला सहयोग गरेको भन्दै कसैले पाँच सय त कसैले एक हजार दिन्छन्’ चौधरीले भनिन् । यहि सोह्रिन्या काम गरेर घर गुजारा चलाउदै आएको चौधरी वताउछिन् ।
        सोहिन्या काम गर्ने सम्पत्ति, मुसी र फूलमति चौधरीहरु त उदाहरण मात्रै हुन । यस्तो सोह्रिन्या काम गर्ने थारु समुदायमा सयौं महिलाहरुछन ।  दाङ, वाँके वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा यनिहरुको माग अध्यधिक हुन्छ । तर यिनीहरुको आधुनिकीकरण गर्ने र व्यवस्थित  सुत्केरी गराउनका लागि नियमन गर्नका लागि राज्यले कुनै पनि निकायले केही गरेका छैनन ।राज्यले केही समयअघि गाँउगाउँमा यसरी सुत्केरी स्याहार्ने महिलाहरुलाई तालिमको व्यवस्था पनि गरेको थियो । तर सवैले यस्तो तालिम पाउन सकेका छैनन् । औपचारिक तालिम नपाए पनि यी महिलाहरु अनुभवका आधारमा गाउँमा धेरै भरपर्दो मानिन्छन् ।

No comments:

Post a Comment