Thursday, May 28, 2015

दाङमा नमुना थारु ग्राम संकटमा

सन्तोष दहित
दाङ । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सौडियार–९ सिसहनियामा रहेको थारु नमुना ग्राम यतिबेला संकटम परेको छ । ६ वर्ष पहिले २०६५ सालमा स्थापना गरेको नमुना थारु ग्राम आर्थिक अभावले यतिबेला संकटको अवस्थामा पुगेको हो ।
दाङको सिसहनिया गाउँमा स्थापना गरिएको नमूना थारु ग्राम  
जिल्ला विकास समिति दाङबाट स्थापना गरिएको नमुनाग्रामको प्रयाप्त सहयोग र नमुना ग्राम स्थापना गर्नेबेलाको सम्झौता अनुसार कार्यान्वयन नभएको कारण नमुना ग्राम यस्तो अवस्थामा आएको स्थानियहरुले बताउछन् । ‘नमुना  थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, हेल्पोष्ट, बालविकास केन्द्र, थारु संग्राहलय लगायत स्थापना गर्ने सम्झौता भएको नमुना थारु ग्रामको अध्यक्ष बेझलाल चौधरीले बताए । त्यसैगरि थारु सँस्कृतिक झल्काउने विभिन्न थारु नाचको लागि थारु ड्रेस, मादल, शुद्ध खानेपानी, मोटर बाटो, यातायात, सिचाई, विद्युत लगायतको व्यवस्था गर्ने सम्झौता भएको चौधरीले बताए । ‘तर अझैसम्म थारु परम्परागत थारु घर र थारु नाचको लागी नाच्ने थारु ड्रेस, मादल सहयोग बाहेक अरु केहि कार्यान्वयन भएकोछैन ।’
‘परमपरागत थारु घर पनि अलि व्यवस्थित बनाउने भने पनि केहि हुनसकिरहेकोछैन चौधरीले भने,–‘थारु घर त भयो नामको लागि मात्र भयो ।’ आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमुना थारु ग्राम स्थापना हुनु गाउँको लागि गर्वको कुरा भएपनि सम्झौता अनुसार काम हुन नसक्दा दुःख लागेको चौधरीले गुनासे गरे ।
‘सिसनियाम थारु नमुना ग्राम छ भनेरे विभिन्न मिडियाम आयो, प्रचार भयो, त्यहि अनुसार विभिन्न ठाउँबाट पर्यटक आउने गरेको तर भनेको जस्तो नहुदा पर्यटकहरु निरास भएर गएको देख्दा दुःख लाग्ने गर्छ चौधरीले भने,–‘यसलाई व्यबस्थित गर्नलाई पटक पटक जिविसमा ध्यानाकर्षण गरेपनि खासै सुनुवाई भएकोछैन ।’
‘सहयोगको नाममा केहि पैसा दिएपनि त्यति पैसाले के गर्ने ? चौधरीले भने । त्यति थौरे पैसाले के गर्ने न त घर मर्मत गर्न पुग्छ, नत बाटो बनाउने चौधरीले भने,– ‘हामीलाई पैसाभन्दा पनि हामीसँग जे सम्झौता भएकोथियो त्यहि अनुसार हुनप¥यो ।’ सम्झौतामा बाल बिकास केन्द्र, हेल्पोष्ट, थारु संग्राहलय, मोटरबाटो, यातायात लगायतको व्यवस्था गरिदिनुप¥यो ।
यता जिल्ला विकास समितिले हरेक वर्ष सहयोग गर्दै आएको जिल्ला विकास समितिका  शाखा अधिकृत तथा पर्यटन बोर्डका सदस्य सचिव डा.गोविन्द आचार्य बताए । उनलेभने–‘ नमुना थारु ग्रामको लागि हरेक वर्ष केहि न केहि सहयोग गर्दै आइरकाछौँ, सुस्त–सुस्त विकास हुने हो एकैचोटि हुदैन ।’ कहिले थारु साँस्कृतिक ड्रेस, कहिले  नगड दिने गरेको आचार्यले बताए । त्यसैगरि उहाँहरुलाई आर्यआर्जनमा ल्याउनका लागि विभिन्न सीप, नमुना ग्राम, होमस्टे कसरी सञ्चालन गर्ने भनेर विभिन्न ठाउँमा भ्रमण पनि गराएको भएपनि व्यवसायिक बन्न नससकेको आचार्यले बताए । यसैगरि नमुना थारु ग्रामलाई अब साँस्कृतिक ग्राम बनाउने सोचमा रहेको पनि आचार्यले जानकारीदिए ।

No comments:

Post a Comment