Tuesday, September 15, 2015

आदिवासी धर्तिपुत्र थारु समुदायको ‘अट्वारी’ को एक चर्चा

सन्तोष दहित
         नेपालका भूमिपुत्र भनेर चिनिने थारु जातिको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ । थारु समुदायका मानिसहरुलाई सरल, इमान्दार एवम् परिश्रमका पारखीका रुपमा पनि चिनिने गरिन्छ । प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउँदै आएका छन् । थारु समुदायले अरु जति पर्व मनाए पनि माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउँदै आएका छन् ।
        थारु समुदायको ‘माघी’ पछि दोस्रो महानपर्व ‘अट्वारी’ लाई मान्नेगर्दछन् । यो पर्वलाई थारु समुदायका मानिसहरुले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् । ‘अट्वारी’ पर्वलाई थारु समुदायले दुइ दिनसम्म मनाउने गर्ने गर्दछन् । बर्षको एकचोटी मनाउने ‘अट्वारी’ अरु पर्व भन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउँदै आइरहेका छन् । यदपि ‘अट्वारी’ पर्व मनाउनको लागि थारु समुदायको तिथिमिति नभए पनि थारु समुदायले कृष्णअष्टमीपछि दुइ आइतबार अर्थात् कुशेऔंशीपछिको आइतबारको दिनमा ‘अट्वारी’  पर्व  मनाउँदै आइरहेका छन् ।
यो पर्वमा पश्चिम तराईका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ६ जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा अट्वारीलाई मनाउँदै आएका छन् । अट्वारी पर्व थारु समुदायका पुरुषले मात्र मनाउँदै आएको पाइन्छ । खासगरी यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको पाइन्छ ।
        प्राचीनकालमा दाङका दङ्गीशरण थारु राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित रहेको छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपती सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन्, त्यही क्रममा दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेको खबर पाउनबित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर भीमले भोको पेटमा पानीसमेत नखाई थारु राजा दङ्गीशरणको पक्षमा लड्न गएछन् र शत्रुहरुलाई हराएछन् । यसरी भोको पेटमा पनि केही नखाएर थारु राजा दङ्गीशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो अट्वारी पर्व मनाउँदै आएको पाइन्छ ।
       जुन मान्यतालाई विश्वास गरि थारु समुदायले भीमजस्तै बलियो बन्नका लागि यो ‘अट्वारी’ पर्व मनाउँदै आएको थारु वुद्धिजीवीहरुको भनाई छ । उक्त घटना पनि आइतबारको दिन परेकोले यसको नाम पनि ‘अट्वारी’ राखिएको बुझिन्छ ।
अट्वारीको पहिलो दिन
    अट्वारीको अघिल्लो रात अर्थात् शनिबारको दिन २/३ बजेतिर राती उठेर माछा, मासु पकाएर दर खाने चलन छ । आइतबार दिनभरि ब्रत बसेर साँझपख ७ बजेतिर नजिकैको खोलामा नुहाइधुवाइ गरेर घरको बैठक कोठामा लिपपोत गरि “गन्यारी” भन्ने काठबाट आगो निकालेर भान्सा गर्ने चलन रहेको छ ।
त्यही “गन्यारी”बाट निस्केको आगोले सबैभन्दा पहिला एकापट्टि मात्र ठूलो “भ्याँवा” रोटी पकाउने चलन छ । जुन रोटीलाई “भेँवक” रोटी भन्ने चलन छ । त्यसपछि अरु विभिन्नथरिका चिल्ला रोटी पकाइसकेपछि आफ्ना दिदीबहिनीहरुको लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफूल आधा भाग निकालिसकेपछि पुनः आ–आफ्नो भागबाट सबै रोटी तथा फलफूलबाट चिम्टेर “भेँवक” अर्थात् भीमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि घरका सबै सदस्यहरुले सबैभन्दा ठूला मान्छेबाट क्रमशः सानोले रमाइलो गर्दै खाने चलन रहेको छ ।
जुन दिदीबहिनीहरुको लागि निकालेको रोटी फलफूल थारु भाषामा “अग्रासन” अर्थात् कोशेली भन्ने चलन छ । त्यही अग्रासन अट्वारीको भोलिपल्टको दिन आफ्ना दिदीबहिनीहरुलाई दिन जाने चलन रहेको छ ।
अट्वारीको दोस्रो दिन
अट्वारीको दोस्रो दिन अर्थात् फलारको दिन बिहान सबेरै उठेर नजिकैको खोलामा नुहाइधुवाइ गरि घरको बैठक कोठामा पुनः लिपपोत गरि ३ या ७ थरिका तरकारी र भात पकाइसकेपछि अट्वारीको पहिलो दिनझैं भात, सबै तरकारीबाट आधा भाग निकाल्नुपर्दछ । जसलाई थारु भाषामा “कहर्ना” भनिन्छ । यसरी सबै गरिसकेपछि भीमको नाममा सबै तरकारीबाट एक–एक गाँस तरकारी र भात निकालेर आगोमा हालेर पूजा गर्ने चलन छ । यसरी पूजाअर्चना गरिसकेपछि क्रमशः घरको मुल सदस्यबाट सबैजना रमाइलो गर्दै खाने चलन रहेको छ । पूजाअर्चना खाइपिइ गरिसकेपछि अर्काे महत्वको विषय पनि रहेको छ ।यता थारु समुदायका विवाहित महिला दिदीबहिनीहरुले आफ्नो माइतबाट आफूलाई छुट्याएको भाग “अग्रासन” अर्थात् कोशेलीको पर्खाइमा बसिरहेका हुन्छन् ।

         जबसम्म त्यो अग्रासन माइतबाट आउँदैन् तबसम्म पर्खाइमा बसेका महिला दिदीबहिनीहरु घरमा केही पनि नखाने गरेको पाइन्छ । अघि पछिभन्दा अट्वारीमा थारु महिला दिदीबहिनीहरुले माइतबाट पठाएको अग्रासनको बढी आशा गरेको पाइन्छ ।
    यति मात्र नभएर थारु समुदायमा बर्षभरि आफ्ना दिदीबहिनी अर्थात् दाइभाइसँगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ । अट्वारी पर्वले बर्षमा एकचोटी भए पनि आफ्ना दिदीबहिनी तथा दाइभाइसँग भेट्ने अवसर जुटाइदिन्छ । त्यस्तै, छरछिमेकीहरुसँग रीसराग रहेको बेलामा पनि यो पर्वले मिलन गराउनेजस्ता क्रियाकलापमा पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
    यसरी थारु समुदायले आफ्नो महान पर्व अट्वारी उल्लासयम वातावरणका साथ धुमधामसँग मनाउँदै आएका छन् । थारु समुदायले अट्वारी पर्व मात्र नभएर अन्य पर्व पनि यस्तै तरिकाले मनाउँदै आएका छन् तर पनि थारु समुदायको कुनै पनि पर्वलाई राज्यले ध्यान नदिएको पाइन्छ । आज यही कारणले थारु समुदायका धेरै पर्वहरु लोप हुने अवस्थामा रहेका छन् । अरु समुदायको पर्वमा बिदा दिने राज्यबाट नै क्यालेण्डरमा पर्वको तिथिमिति उल्लेख गरिदिने तर थारु समुदायको कुनै पनि पर्वमा उल्लेख गरेको पाइदैन । यसले पनि थारु समुदायलाई राज्यबाट ठूलो अपमान गरेको मान्न सकिन्छ । प्रष्टरुपमा भन्दा राज्यबाट थारु समुदायको कुनै पनि पर्वमा तिथिमिति उल्लेख नभएको कारणले आज थारु समुदायको एवम् महान पर्व अट्वारी कुन दिन मनाउने भन्ने अलमलमा परिरहेका छन् । एउटै पर्व एउटै जिल्लामा फरक–फरक हप्ता अर्थात् फरक दिनमा हुने गरेको छ । यस विषयमा राज्यले नै ध्यान दिनुपर्ने हो । थारु समुदायले कुन पर्व कुन र कत्ति दिन मनाउँछन् र कुन पर्वको कति महत्व छ भन्ने बिषयमा थारु बुद्धिजीवीहरुसँग परामर्श, छलफल, गोष्ठी, अन्तक्र्रिया गर्नुपर्ने आवश्यक छ । र, थारु समुदायको मात्र नभएर हरेक जातिको संस्कृति स्वतन्त्र तरिकाले मनाउने वातावरण मिलाइदिनु राज्यको दायित्व हो । यो दायित्वलाई राज्यले पूरा सक्दैन भने अरु त झन् के गर्न सक्छ र ?

‘अष्टिम्की’ अर्थात् थारु महिलाको स्वतन्त्रताको दिन


सन्तोष दहित
थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो। ‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आएका छन्। स–सानो १०/११  बर्षको बच्चा देखि लिएर ६०/६५ वर्षको वृद्ध महिलाहरुले यो पर्व मनाउँदै आएको पाइन्छ।
‘अष्टिम्की’ तयारी कहिलेदेखि
‘अष्टिम्की’ आउने एकडेढ हप्ता अगाडीदेखि थारु महिलाहरुले ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन्। थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यसदिनमा विशेष गरि नया कपडा (रातो, कालो चोली, सेतो गुन्यु), विभिन्न थरथरिका गहनाको तयारी गर्ने गर्छन। यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्छन्। अष्टिम्कीमा विशेषगरी थारु महिला ले घोङघी र माछासँग दर खाने गर्छन्। त्यसैसँग मासु अन्य मिठोमिठो परिकारको लागि पनि तयारी गर्ने गर्छन्। त्यसैगरी चित्र बनाउन विभिन्न थरिको रंग, चुन, गोवर माटो, चित्र कोर्नको लागि बाँसको व्रस, आदि जुटाउने गर्छन्। त्यस्तै पकाउनको लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेका हुन्छन्।
‘अष्टिम्की’ मा के–के बस्तुको चित्र कोरिन्छ
‘अष्टिम्की’को पूजा गर्नको लागि महटावा घरको वैठक (बह्री) कोठालाई उपयुक्त मान्छन्। त्यो दिन बैठक कोठा बिहानै लिपपोट गरेर सफा गरिन्छ। त्यही बैठक कोठाको उत्तर पत्तिको भित्ता या ‘डेह्री’मा चतुर्भुज आकारमा बनाइ गोवर माटोले लिपपोट गरिसकेपछि त्यसलाई सेतो चुनले पोटिन्छ भने त्यसको छेउमा छेउमा विभिन्न थरिको रंगीचंगी रंगले चारैतिर पोटीसकेपछि त्यसैको बीचमा सवैभन्दा माथि पाँच जनाको चित्र बनाइन्छ। 
 सबैभन्दा बीचको चित्रलाई  श्रीकृष्णको चित्र हुन्छ। ‘अष्टिमी’को दिन श्रीकृष्णलाई हिरो बनाइन्छ। किनकि अष्टिम्कीको दिन श्री कृष्ण अर्थात् ‘कान्हा’को पूजा गरिन्छ। यसरी श्री कृष्णको दाँया सुर्य र बाँया चन्द्रमाको चित्र कोरिन्छ। त्यसैगरि दोस्रो लाईनमा सात जना मान्छेको चित्र कोरिन्छ। जहाँ सात भाई कौरबको प्रतिनीतित्व हुन्छ। यसैगरी तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जान लागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, बल्ला, विराले,बनजंगल, विभिन्न चरा, चरिंगी, जनावर, विच्छीलगायतको चित्र बनाइन्छ।
कसरी पूज्छन ‘अष्टिम्की’ मा पूजा
‘अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु महटवाको घरमा जुटछन्। गाँउभरिका महिलाहरु भेला भइसकेपछि महटावाँकी श्रीमति आइपुग्छन। र अष्टिम्की’को पूजाको सुरुवाट महटावाँकी श्रीमतिबाट हुन्छ। 


यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ। यसरी महटवाँकी श्रीमतिले पूजा गरिसकेपछि क्रमस गाँउका सवैभन्दा ठुलाबाट अन्य महिलाहरु पुज्ने गर्छन्।



 ‘अष्टिम्की’को पहिलो दिन
‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन्। यसरी यो दिन थारु महिलाहरुले दिउसो ११/१२ बजेतिर नुहाइधुवाई गरि अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन। अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्छन्। यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्दछन। त्यहाँ गाँउका सवै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतिले सवै भन्दा अगाडि पूजा गर्नसुरुवाट गर्छन।
 यसरी महटावाको श्रीमतिले पूजा गरिसकेपछि गाँउको ठूलाबाट क्रमस सानोले पूजा आजा गर्न गर्छन्। पूजा गर्ने बेला श्रीकृष्णलाई सवै भन्दा अगाडी सेन्दुरले टिक्ने गर्छन अर्थात श्री कृष्णलाई टिका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सवैचित्रमा क्रमस टिका लगाउने र टिका लगाइसकेपछि तीन या पाँच चोटी जल चढाउने सुरु गरिन्छ। त्यहिक्रममा अष्टिम्कीको गित पनि गाइन्छ।

 यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि पुन महटवाको घरमा गई रातभरि सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ। अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ।
 हरे पहिल छ सिर्जल जल थल धरती
 सिरीजी ट गइल हो कुशकै डाब २
 सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २
Tharu Festival Astimki-2
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको  दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ वगाउने गर्छन। भने यता पछाडी पुरुषहरु लंगी लुटनकोलागि खोलामा पर्खिरहेका हुन्छन। त्यो दिन वगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु वताउछन्। यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा जन्छन। घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने गरिन्छ। त्यहि अग्रसान विवाहित महिलाहरुको दाजुभाई छनभने आ–आफ्नो दाजुभाईहरुलाई अग्रसान दिन जाने चलन छ भने अविवाहित गाँउका महिला अर्थात (वठिन्या) हरु एकठाउमा जम्मा भएर जात्रा (लाखे) हर्न जान्छन।
यसरी दुई दिनसम्म थारु महिलाहरु वर्षको एक चोटी आउने महान पर्व अष्टिम्की मनाउने गर्दछन। यो पर्व मनाउन पाउने थारु महिलाहरुको आफ्नो लागि ठुलो खुशी र स्वतन्त्रताको दिन पनि मान्नेगर्दछन। सधैभरि घरको काममा व्यस्तता रहने थारु महिलाहरु अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नुपर्दैन सवै काम पुरुषले गदिर्ने गरेकोले उनीहरु स्वतन्त्रताको दिन मान्ने गरेका हुन्।

Tuesday, September 8, 2015

संघीयता र स्वशासनको प्रश्न



महेश चौधरी

    नेपालको राष्ट्रिय राजनीति नेपाली समाजको सामाजिक बनोट र भौगोलिक अवस्थाबाट गम्भीर रुपबाट प्रभावित छ । भौगोलिक रुपमा नेपालमा हिमाल, पहाड, तराई भौगोलिक विविधता भएकोले नेपालको अवस्था अत्यन्त विशिष्ट छ । नेपालमा धेरै जात–जाति, भाषा, भाषि, धर्म, संस्कृति र उत्पत्तिका मानिसहरूको बसोबास रहेको छ । नेपाल दुई ठूला देश र फरक विचार भएका देशबीच भूपरिवेष्ठित छ । भारतीय सुरक्षा छाता मुनी बस्नुपर्ने हाम्रो बाध्यता छ । सदियौंदेखि दक्षिणतिर खुल्ला सिमाना भएकोले भारत–नेपाल आवत–जावत गर्नमा कुनै रोकटोक छैन । प्राकृतिक स्रोतमा नेपाल धनी राष्ट्र भए पनि असमान सन्धी र सन् १९५० को व्यापार पारवहनका सन्धीहरूले गर्दा हाम्रा राष्ट्र निर्माणका चुनौतिहरू छन् । 
        नेपाली जनताको प्रमुख अन्तरविरोध राजतन्त्र र सामन्तवादसँग थियो, २०६२/६३ को जन आन्दोलनले त्यसलाई समाप्त पा¥यो अब त्यसको अवशेषमात्र बाँकि छ । नेपाली जनताका केहि विभेद अथवा अन्तर विरोधहरू छन् जस्तै महिला विभेद, तराई विभेद, जनजाति विभेद, दलित, विभेद, दुर्गम विभेद, वर्गीय विभेद र राजनीतिक विभेद छन् । संघीयताले अरु विभेद हटाउन समर्थ भएपनि वर्गीय विभेद हटाउन सक्तैन । संघीय राज्य प्रणाली माक्र्सवाद सम्मत छैन । किनभने यसले वर्गीय मुद्दालाई न समातिकन जातिय धार्मिक, सांस्कृतिक, भाषिक आदि मुद्दालाई समेट्छ । यसर्थ यसले केन्द्रको ठालूको हातबाट प्रदेशका ठालूका हातमा सत्ता हस्तान्तरण गर्ने कार्य गर्छ । विभेदका कारण नेपालमा केहि राष्ट्रवाद जन्मेका छन् । नेपालमा हिन्दू समाजकै तल्लो तहको मानिने दलितहरूले हिन्दू उच्च जातका विरुद्ध संघर्ष थालेर उप–राष्ट्रवादलाई अगाडि बढाएका छन् । हिन्दू उच्च जातीय अहंकारवादले जनजातिय राष्ट्रवादलाई अस्तित्वमा ल्याएको छ । मधेशी मूलका समुदायहरूले खस अन्ध राष्ट्रवादको उत्पीदनका कारण स्वायत्तता, संघीयता, एकमधेश एक प्रदेश जस्ता क्षेत्रीय राष्ट्रवादलाई अघि सारेका हुन् । हुन त उच्च जातिवाद र पछाडि परेका तथा पारिएकाहरूको जातिवाद ‘अन्ध–जातिवाद’ तथा अन्ध–क्षेत्रवाद सबै गलत दृष्टिकोण हुन् । यसले राष्ट्रिय एकतामा खलल पु¥याउँछ । नेपालको गरिबी, बेरोजगारी ? जातीय, लैङ्गीक र क्षेत्रीय पछौटेपनको कारक तत्व बितेका २४० वर्षका सामन्ती एकात्मक र केन्द्रिकृत शासन व्यवस्था हो । नेपाली राष्ट्रवाद अगाडि बढ्न नसक्नुका कारक तत्वहरू मध्ये प्रमुख कारक तत्व यही हो भन्ने आम मानिसहरूको ठम्याई छ । 
        राज्य र राष्ट्र फरक कुरा हुन् । एउटा भौगोलिक राजनैतिक एकाईलाई राज्य भन्दछन् भने राष्ट्र शब्दको दोहरो अर्थ लाग्छ— देश र नागरिक । संयुक्त राष्ट्र संघ राष्ट्रहरूको छाता संगठन हो । नेपाल त्यसको सदस्य हो । यसर्थ राष्ट्र शब्दको सम्बन्ध देशसँग छ । तर नेपाली समाजको विकासको आधारमा भन्नुपर्दा कुनै समुदाय कविला, जनजाति र जाति असमान अवस्थामा विकास भएका छन् । तसर्थ राष्ट्र शब्दले खास समूहका जनताहरूको सामूहिकता र जनसंख्याको त्यो हिस्सा हो जसले खास क्षेत्रमा स्वायत्तता वा स्वतन्त्रता सम्बन्धी आत्म निर्णयको अधिकारको माग गर्छ अर्थात आफ्नो शासन गर्ने अधिकारको माग गर्ने जनतालाई राष्ट्र भन्दछन् । 
       माक्र्सवादीहरूको विचारमा राष्ट्र भनेको एउटा रक्तसम्बन्ध भएका र एउटै स्वार्थ हुने समुदायको जनसंख्यालाई बुझाउँछ । समाजशास्त्री र राजनैतिक दर्शन साहित्य अनुसार राष्ट्र भनेको, जनजातिबाट ऐतिहासिक रुपले निर्माण भएको त्यस्तो समुदाय हो जसमा समान भूगोल र आर्थिक जीवन, समान भाषा, खास किसिमका समान विशेषता सहितका संस्कृतिहरू हुन्छन् । स्टालिनले लामो ऐतिहासिक परम्परा, भाषा, भौगोलिक क्षेत्र, आर्थिक जीवन सांस्कृतिक रुपमा देखिने साझा मनोभावना भएको स्थिर समुदाय राष्ट्र हो भनेका छन् । 
        नेपालको सामाजिक विकासमा असमानता भएकोले पछाडि परेका र पारिएका जाति, समुदाय र क्षेत्रलाई स्वशासनको अधिकार प्रदान गरि सबैलाई राष्ट्रिय मूलधारमा ल्याउनु राज्यको दायित्व हो । पहिले राष्ट्रको समृद्धि आर्थिक विकाससँग जोडिन्थ्यो भने आजभोली सामाजिक विकाससँग लिइन्छ । नेपाली नागरिकहरूलाई अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्प्रधि न बनाएसम्म नयाँ नेपाल निर्माण गर्न सकिन्न । नयाँ नेपाल निर्माणका लागि हाम्रो संविधान र सरकारी नीतिले पछाडि परेका र पारिएका वर्गतहका जनतालाई समानता प्रदान गर्न सक्नुपर्छ । यो हाम्रो साझा उद्देश्य हुनुपर्छ । समानता तथा बन्धुतवा आधारित हाम्रो ठूलो परिवारमा एउटा संघीय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुक निर्माण गर्नु हाम्रो साझा उद्देश्य हो । तर यो छोटो समयमा हासिल गर्न सकिने कुरा होइन । यसले योजनावद्ध प्रयत्नको अपेक्षा गर्दछ । विकासको साझा सकारात्मक लक्ष्यको मद्दतले वैरभावका निस्कृय असन्तुष्ट भावनाहरूलाई हटाउन सकिन्छ । 
      २०५१ सालमा नेकपा (माओवादी) पार्टीको प्रथम राष्ट्रिय सम्मेलनद्वार ‘जातीय नीति’ पास गरेपछि माओवादीले जे जति उपलब्धी र शक्ति आर्जन गर्न सफल भएको छ त्यही जातीय र क्षेत्रीय मुद्दाका आधारमा सफल भएको छ । यो कुरा शान्ति प्रक्रियामा आएपछि नेकपा (माओवादी) पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक बताउने गर्छन् “०५१ सालमा हामीले नोपली क्रान्तिको पूँजी भेट्टायौं । सायद यो पूँजी न भेटाएको भए जनयुद्धले यति छिट्टै विजयको शिखर जुम्न सक्ने थिएन । त्यो पूँजी जातीय क्षेत्रीय नीति हो ।” तर आज क. प्रचण्ड समेतको तीन प्रमुख दलिय सहमतिमा नयाँ संविधान निर्माणको अन्तिम घडीमा छ तर जनजाति, मधेशी लगायत पछाडि परेका र पारिएका विभिन्न तहका असन्तुष्ट जनताहरू संघर्ष, आन्दोलन र विद्रोहमा उत्रेका छन् । तर क. प्रचण्ड मौन छन् । उनी नेपाली काँग्रेस र नेकपा (एमाले) नेता सामु यति लच्के रबड भन्दा बढी लच्किदिए । उनी यति पग्लिए आगो सामु घिउ पग्लेभन्दा बढी पग्लिदिए । उनी यत्ति झुके यत्ति झुके पाइतालासम झुके । 
          पुनसंरचनाको अशय जातीय मुक्तिभन्दा पनि आर्थिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नका लागि आवश्यक छ किनभने अहिलेको विश्वमा आर्थिक प्रगतिविना कुनै पनि देश टिक्न सक्तैन । संघीय शासन टिक्ने वा न टिक्ने भन्ने कुरा आर्थिक प्रतिफल र त्यसको विकाससँग सम्बन्धित छ । पर्सादेखि सप्तरी सम्मको प्रदेश नं. २ मधेश प्रदेशले आफ्नो आर्थिक विकास कसरी गर्न सक्तछ ? जब कि आर्थिक विकासका लागि ढुङ्गा, बालुवा, वन जंगल पानी, बत्ति, चाहिन्छ त्यो कहाँ पाउने ?
          अहिले जनजाति र मधेशी समुदायलाई राम्रो शासन चाहिएको छ । राम्रो शासन भनेको स्वशासन हो । त्यसलाई सफल तुल्याउन राष्ट्र राज्य हुनुपर्छ अर्थात साझा भाषा, साझा धर्म, साझा संस्कृति, साझा रक्तसम्बन्ध पनि हुनसक्तछ आदिले बाँधिएको सघन रुपमा एक क्षेत्रमा निरन्तर बसोबास गर्दै आएका एउटा जातिको शासन हुनुपर्छ भन्ने दृष्टिकोण हो । यसर्थ जोन स्टुवार्ड मिलले–पछाडि परेका वा पारिएका समुदायलाई सुशासन होइन स्वशासन चाहिन्छ भनेका छन् । यसै आधारमा चीनमा ३९ प्रतिशत जनसंख्या भएका उगरहरू, निङ्सिया हुई (३१%), भित्री मङ्गोल (११.१३%) कुआन्सी चुआङ (३३.४३) र तिब्बती (८९.१९%) ले स्वशासनका अधिकार पाएका छन् । तर नेपालको कन्चनपुर जिल्लको बाँडी जंगलमा एकसमय नेपाली काँग्रेसका भू.पू. प्रधान मन्त्रि थारुहरूका बच्चाहरूसँग गाई ग्वाला जान्थे भन्दैमा कैलाली र कन्चनपुरको भूभाग थारुलाई एक इन्च पनि दिन्न मेरो बिर्ता हो भन्न कहाँसम्म सुहाउँछ ? नेपालका ठूला सामन्तलाई नेपाली जनताले फालिसकेका छन् । अब अखण्डका साना सामन्तलाई कसरी स्थापित गर्ने ? साना सामन्तका रैती हामी बन्न सक्तैनौं हाम्रो ज्यान गए पनि पूर्वका आफ्ना समुदायसँग हामी छुट्टिन सक्तैनौं भनेर कैलाली र कन्चनपुरका थारुहरू आन्दोलनमा उत्रेका छन् । अब प्रमुख राजनैतिक दलहरूले थारु र मधेशीहरूको मुद्दालाई कसरी सम्बोधन गर्दछन् हेर्न बाँकी छ । 

लेखक – पूर्व राज्य मन्त्रि र 
पूर्व सभासद हुनुहुन्छ ।  

Saturday, August 29, 2015

नेपालीहरुको भावनात्मक एकतालाई नभाँचौं


महेश चौधरी

विविधतामा भावनात्मक एकता नेपालीहरुको राष्ट्रिय एकताको पहिचान हो । जातिय, भाषिक, धार्मिक र सांस्कृतिक सहष्णुता हाम्रो युगौंदेखिको शान हो । हिमाल, पहाड, तराई राष्ट्रिय सुन्दरता र समृद्धि हो । तर, संघियताले हाम्रो भावनात्मक एकता, सहिष्णुता र संमृद्धिलाई खलबल्यायो । कैलाली टीकापुरमा घटेको हिंसात्मक घटनायसको ज्वलन्त उदाहरण हो ।
शासक बर्गको अहंमता देखेर डोरबहादुर बिष्टले ‘हिमाल’ अंक २०५२ः७–८ मा आफ्नो बिचार यसरी व्यक्त गरेका थिए– जुन राष्ट्रको आधारशिला नै जातिय बिबिधतामा खडा छ, त्यसका बासिन्दाले उसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन । बरु यस यथार्थलाई आत्मसाथ गर्नाले अघि बढ्ने बाटो पहिल्याउन सजिलो हुन्छ । हाम्रो देशमा भविश्यमा कुनै दिन हिंसापुर्ण जातिय वा साम्प्रदायीक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नुभनेको कुनै दिन हाम्रो देशमा भुईचालो आउला कि नआउला भनेर प्रश्न गर्नु जस्तो कुरा होईन र ? जाति, धार्मिक समुह र सम्प्रदाय भनेको चाहिँ हामी आफै नै भएको हुनाले आपसमा दङ्गा र भिडन्तलाई चाही हामी सबै मिलेर कोसिस गरेमा टार्न सक्छौं । कसैले नलेख्दैमा नेपालको विभिन्न जातजातिको ईतिहास सधैं लुकेर बस्ने कुरा पनि होईन । कसैले चाहदैमा मेटेर जाने कुरा पनि त्यो होईन । बिभिन्न कारणले गर्दा अतितमा तल्ला जातका, बुद्धि नभएका, जङ्गली, मतवाली आदि बिशेषणबाट अपमानित हुँदा पनि बस्नुपर्ने बाध्यता भित्र परेका थुप्रै जातजाति, मधेशी, मुस्लीम, महिला, दलित र पछाडी  पारिएका क्षेत्रका जनताले आज ठुलो स्वरले बोल्न खोजकोमा कसैले आश्चर्य मान्न हुन्न । बरु ठुलो ठुलो तोक बोल्न सक्ने हुकुमी शासकहरुलाई समेत ढलाउन समर्थ भईसकेका नेपालीहरुले अब पहिलेजस्तो हामी ठुला र माथिल्ला शासक जातका हौं भनी हिड्ने कसैलाई पनि सहने छैनन् भन्ने कुरा सबैले बुझ्नु पर्ने भएको छ ।  
यो लेखका लेखकले २०६९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘स्थविरहरुको प्राचिन ईतिहास र संस्कृति’ को भुमिकामा उल्लेख गरेका थिए– ‘अहिले भविश्यबाणी गरिदैछ कि नेपालको सुदुरपश्चिम तराई कैलाली र कञ्चनपुर समेत मिलाएर अखण्ड सुदुरपश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य) अथवा सेति–महाकाली प्रदेश स्थापना गरियो भने निकट भविश्यमा मधेश बिद्राह पछि अर्को थरुहट/थारुवान बिद्रोह उठ्छ, उठ्छ । बिगत दिनका सामन्त खस शासकहरुको अहंकारपुर्ण प्रवृत्ति, शोषण र दमनकारी तथा हेपाहा मनोवृत्ति र डोट्याली राज्यका पक्षपोषकहरुका कारण राज्यपुरसंरचना अन्तरगत थारु समुदायको बसोबास, थारु भाषा संस्कृतिको र ऐतिहासिक निरन्तरताको आधारमा अब बन्ने ‘थारु–अबध–लुम्बीनी प्रदेश’ लाई तोडेर थारु समुदायलाई उनीहरुको प्रदेशमा कहिलपनि नेतृत्वमा आउन नदिनेगरी, सँधै राज्यसत्ता भन्दा टाढा राख्न, भाषा, संस्कृति र थारु समुदायको स्वशासित प्रदेश बन्न नदिन र चौतर्फी बिकास हुन नदिई सदैव सामन्ती शासकहरुको कमैया, कमलहरी, हली र सुकुम्बासी दास झै बनाई राख्न र उनीहरुलाई उनीहरुको थात–थलोबाट बिस्थापीत गर्नका लागी ‘अखण्ड सुदुरपश्चिम’ अथवा ‘सेति–महाकाली डोट्याली सामन्ती राज्य’ पुनस्र्थापना गर्न खोज्ने खस सामन्त शासकहरुको योजना बिरुद्ध यो बिष्फोट ढिलो चाँडो उठ्ने छ भनेर थरुहट/थारुवान क्षेत्रका बासिन्दाहरुले भनिरहेका छन् । Making of Modern NepalÚ का लेखक ईतिहासविद डा. रामनिवास पाण्डेका अनुसार–‘पछिल्लो महाभारत काल अथवा महाजनपद कालमा नेपाल तराईमा दुईवटा सभ्यता बिद्यमान थियो । नारायणी नदि पुर्व मिथीला सभ्यता र नारायणी नदि पश्चिम लुम्बीनी सभ्यता । शाक्य गणराज्य थारुहरुको गणराज्य हो । यो गणराज्यमा पुर्व नारायणी नदि देखि पश्चिम महाकाली नदिसम्म फैलिएको थियो । जसमा दाङ–देउखुरी र सुर्खेत उत्यकाहरु समेत यसमा समावेश थिए’
लेखकले उधृत गरेको कुरा आज आएर कैलाली टीकापुरको हिंसात्मक घटनाले सत्य सावित गरिदियो । टीकापुरमा घटेको हिंसात्मक घटना नेपालीहरुका लागी मात्र नभएर बिश्व मानवजातिका लागी समेत अत्यन्त दुःखदायी घटना हो । राष्ट्र र जनताको सुरक्षाका लागी खटीएका सुरक्षाकर्मी एसएसपी सहित सातजना सुरक्षाकर्मीको निर्मम हत्याहुनु यो ज्यादै निन्दनिय घटना हो । त्यसमा दुईबर्षे बालक मारिनु त्यो भन्दा ठुलो बर्बरता अरु के हुन सक्छ ? जनताको सुरक्षा गर्ने सुरक्षाकर्मी मारिएपछि जनताको सुरक्षा कसले गर्छ ? तर घटना घट्यो, यो घटनाको दोषि को हो भन्ने प्रश्न खडा हुन्छ– आन्दोलनकारी अथवा दलका नेताहरु ? खण्ड–अखण्डका जनता कि कुर्सीमा बसेका जनता ? 
संघियता र अखण्डता दुई विपरित र बिरोधाभासी कुरा हुन् । लेखकले धेरै पहिलेदेखि भन्दै आएको कुरा हो– एक मधेश एक प्रदेश र अखण्ड सुदुरपश्चिमको नारा राष्ट्रिय बिखण्डनको नारा हो । संघिय प्रदेश निर्माण गर्दा नेपाल मात्र अखण्ड हो । अरु बाँकी सबै खण्डीत हुन । अखण्ड सुदुरपश्चिमको नाराले टीकापुरको हिंसात्मक घटना घट्न पुग्यो, जसको परिणाम नेपालीहरुको एकताको भावना भाँचिएको छ । मनै फाटेको छ अब कसरी जोड्ने र कसरी सिउने हो ? 
नेपालमा धेरै लालबुझक्कड दलका नेताहरु छन् । प्राचिन भारतको ईतिहास समेतले पुष्टि गर्न नसकेको कुरा हिमवत खण्डको तराई भागलाई ‘मधेश’ भनिदिए । संबिधान संसोधन गरेर भएपनि तराई शव्दलाई हटाएर मधेश शव्द राखिदिए । बिश्वमा कतै नभएको ‘मधेश प्रदेश’ नेपालको तराईमा पर्सादेखि सप्तरी सम्म मधेशी समुदायलाई दया गरेर दिईदिए । तर, तराईका भुमिपुत्र थारुहरुले आफ्नो सघन र निरन्तर बसोबासको मुल थलो नवलपरासी देखि कञ्चनपुर सम्मको तराई भुमि माग गर्दा हामीलाई आन्दोलनकारी र आतंङ्कारी कसरी भन्न सकिरहेका छन् भनेर थारु सभासदहरुले भनिरहेका छन् ? जुन जातिले आदिम अबस्था देखि तराईमा औलो र हिंस्रक जनावरहरुसंग पैठेजोरी खेल्दै तराईको रक्षा गर्दै आयो, त्यहि शान्त थारुजातिलाई आज सुदुरपश्चिमको बिखण्डनकारी र आतंककारी संज्ञा दिन कसरी सकेका छन् ? 
२०२५ साल तिर भुगोलबिद डा. हर्क गुरुङले नेपालको समग्र आर्थिक बिकासका लागी ’नेपालको प्रादेशिक बिकासको अबधारणा’ ल्याए । अर्थात हिमाल, पहाड, तराई प्रदेशलाई जोड्नेगरी पाँच बिकास क्षेत्रमा समग्र मुलुकलाई उत्तर–दक्षिण विभाजन गरियो । प्रत्यक बिकास क्षेत्रलाई पुनः अञ्चल, जिल्ला र नगरपालीका/गाउँबिकास समितिमा बिभाजन गरेर हिमाल पहाड तराई, नदि र ऐतिहासिक स्थलका आधारमा नामाकरण गरियो । संघियता र अखण्डता विपरित कुरा भएझै प्रादेशिक बिकासको अबधारणा र राज्यको अग्रगामी पुनरसंरचना अनुसार संघिय प्रदेश निर्माणको अबधारणा फरक धारणा होईन र ? राष्ट्रको अग्रगामी पुनरसंरचना अनुसार संघिय प्रदेश निर्माण गर्दा अखण्ड र बिखण्डनको प्रश्नै उठ्दैन । 
नेकपा (माओबादी)ले उठाएको जातिय स्वशासनको अबधारणा नेपाली जनताले बुझ्नै सकेनन् र त्यो पार्टीले जनतालाई आफ्नो अबधारणा बुझाउनै सकेन । जाति, समुदायका नाममा हचुवाभरले स्वशासित प्रदेश नामाकरण ग¥यो । दलित, महिला र अन्यले आफ्नो स्वशासित प्रदेश खोज्न थाले । नेपाली नेपालीमा शंका उत्पन्न गरायो । जसले गर्दा नेपालीहरुको मनै भाँचियो । हर्क गुरुङले आफ्ना छोराछोरीको नाम धौलागीरी, अन्नपुर्ण, मकालु राखेझै त्यो पार्टीले स्वायत्त प्रदेशको नामाकरण हिमाल, पहाड, नदि, प्राचिन स्थलको नाममा स्वायत्त प्रदेशको नाम राखिदिएको भए स्वशासनको बिरोध यति जातिबिति हुने नै थिएन । 
अझै राप्तीको पानी धेरै बगेर गएको छैन । एकपटक हामी ठण्डा दिमागले सोँचौं । लोकतन्त्र सल्लाह र सहमतिले चल्ने व्यबस्था हो । वार्ता, छलफल र सहमतिका आधारमा समस्या सामाधान गर्ने प्रयास गरौं । शासक बर्गले समयमै आफ्नो अहंकार र हुंकारलाई त्यागौं । 


Tuesday, August 18, 2015

एमालेका सल्लाहकार भन्छन्- थारुलाई ठूलो अन्याय भयो

सन्तोष दहित
चार राजतीतिक दलका शीर्ष नेताहरुले गरेको ६ प्रदेशको सीमाङ्कनमा आफूहरुलाई ठूलो अन्याय भएको थारु बुद्धिजीवीहरुले टिप्पणी गरेका छन्। थारु बुद्धिजीबी एवं एमालेका केन्द्रीय सल्लाहकार महेश चौधरीले यस्तो टिप्पणी गरेका हुन्। नेपलमा मधेस नभएको ठाउँमा मधेसीलाई छुट्टै राज्य दिइयो तर सदियौंदेखि यही भूमिमा बस्दै आएका आदिबासी थारुलाई राज्य दिने त परै जाओस थारु समुदायको जनसंख्यालाई तहस नहस पारेको उनले आरोप लगाए। 
Mahesh Chaudhary
‘मधेसीहरु नेपालमा मात्र नभएर अन्य देशमा पनि बस्छन, तर नेपालमा मधेस छैन, मधेस भूभाग भनेको भारतमा मात्र छ,’ उनले भने। त्यसैले मधेसका नाममा छुट्टै राज्य कुनै पनि हालतमा स्वीकार हुन नसक्ने उनले बताए। ‘भूमिपुत्रलाई वाइपास गरियो, डेरा गरेर बसिरहेकालाई राज्य दिइयो,’ उनले भने, ‘डेरावाललाई दिन मिल्छ भने यो देशका भूमिपुत्रलाई किन मिल्दैन।’
आर्थिक, सामाजिक र राजीनितक हिसाबले ६ प्रदेशको कुनै आचित्य नभएको उनले बताए। ‘के आधारमा ६ प्रदेशको सीमाङ्कन गरिएको हो मैले बुझिनँ,’ उनले भने, ‘आफ्नो हित र राजनीतिक स्वार्थको लागि चार राजनीतिक दलले यो संघीय प्रदेश ल्याएका हुन्। यसको कुनै अर्थ छैन।’
‘चार शीर्ष नेताले मात्र संघीय प्रदेश निर्माण गर्ने हो भने किन राज्यको पुनसंरचना चाहियो, किन चाहियो जनप्रतिनिधि, संविधान सभा, संसद,’ उनको प्रश्न थियो।
६ प्रदेशलाई टेकेर जाने हो भने ५ नं. प्रदेशमा तराईको कञ्चनपुरदेखि नवलपरासी, र सकिन्छ भने राप्तीका सबै जिल्ला सकिँदैन भने रुकुमलाई कर्णालीमा गाभिदिने र सल्यान, रोल्पा, प्यूठान, सुर्खेत, दाङसहित कञ्चनपुरदेखि नवलवरासीसम्म राख्नुपर्ने उनको तर्क थियो।

उनले ५ मा रहेको गुल्मी, पाल्पालाई ४ मा सारिदिने, यदि नसके थारुहरुको माग पनि पूरा हुन्छ। यसरी मिलाएर गए ५ नं. को हकमा पहिचान र सामर्थ्यसहितको प्रदेश बन्छ। सबैभन्दा उत्तम प्रदेश बन्छ।
प्रदेशको नाममा जातीय नाम राख्नुपर्छ भन्ने होइन, एउटा ऐतिहासिक नाम राखे पनि हुन्छ। तर सदियौंदेखि यही भुमिमा बस्दै आएको आदिवासी भूमिपुत्रहरुको जनसंख्यालाई तहसनहस गर्न नहुने उनले बताए।
५ नं. मा कैलालीलाई गाभ्नसके दाङलाई प्रादेशिक राजधानी बनाउने आधार पनि हुने चौधरीको तर्क थियो। कैलालीलाई ल्याउन नसक्ने हो भने रुपेन्देहीका नेताहरुले बुटवलमा राजधानी बनाउन सक्छन्, दाङलाई राजधानी बनाउन नदिन थारु समुदायको जनसंख्यालाई तहसनहस गरेको चौधरीको भनाइ थियो।
Devnarayan Chaudhary
त्यसैगरी थारु बुद्धिजीबी एवं प्रध्यापक देवनारायण चौधरीले पनि अन्य जातिको हकमा थारु समुदायलाई ठूलो अन्याय गरेको बताएका छन्। मधेसी, मगर, तामाङलगायत अन्य जातिको जनसंख्यालाई एकै ठाउँमा राखेर प्रदेश छुट्याएको छ भने थारु समुदायको जनसंख्यालाई टुक्रा टुक्रा बनाएको गुनासो गरे।
ठूलो जनसंख्याको रुपमा ओगटेको कैलालीलाई मात्र ५ नं प्रदेशमा ल्याउनसके थारुलाई धेरै राहत हुने चौधरीको भनाइ छ। अहिलेको ६ प्रदेशको सीमांङ्कनले कञ्चनपुर र कैलालीका थारुलाई सबैभन्दा मर्का परेको चौधरीले बताए।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु समुदायको भाषा, कला, सांस्कृति लवाखवाई सबै हुबहु मिल्ने भएकाले यी जिल्ला कुनै हालतमा टुक्रिनु नहुने र टुक्राउन पनि दिने उनले बताए। यी जिल्लासहित राप्तीका सबै जिल्लालाई समेटेर नवलपरासीसम्म ५ नं प्रदेश बनाउँदा थारु समुदायको माग पनि सम्बोधन हुने र प्रदेशको हिसाबले पनि वैज्ञानिक हुने चौधरीको भनाइ छ।

‘थारुवान/थरुहट प्रदेशको लागि कैलाली र कञ्चनपुर आवश्यक छ र हुनुपनि पर्छ,’ उनले भने, ‘यदि मधेसी नभएको ठाउँमा मधेसीलाई छुट्टै प्रदेश दिइन्छ भने थारुहरुलाई किन दिन नमिल्ने।’
उनले थारुहरुको जल, जमिन, र जंगलसंग सम्बन्ध भएकाले सबैलाई मिलाउन छाला, हड्डी, मासु सबै आवश्यक रहेको बताउँदै राप्तीका सबै जिल्ला थारुवान/थरुहट प्रदेशमा जोडिनुपर्ने बताए।

थारुवान डटकमबाट

Monday, August 10, 2015

दाङमा प्रादेशिक राजधानी हुनुपर्ने थारु अगुवाहरुको माग, थारु संयुक्त संघर्ष समितिद्धारा आन्दोलनको घोषणा


सन्तोष दहित
दाङ, २५ साउन । प्रमुख चार राजनीतिक दलहरुले गरेका ६ प्रदेशको सिमाकंनमा थारु समुदायको अधिकार स्थापित हुन नसक्ने थारु अगुवाहरुले बताएका छन् । थारु कल्याणकारिणी सभा दाङले सोमवार घोराहीमा आयोजना गरेको ६ प्रदेशको सिमाकंनमा थारु समुदायको धारणा विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने थारु अगुवाहरुले यस्तो बताएका हुन् । चार राजनीतिक शिर्ष नेताहरुले गरेको ६ प्रदेशको सिमाकंनमा थारुहरुको अधिकार स्थापित गर्नुको साटो आफूहरुको अधिकार कटौटी गरेको उनीहरुको आरोप छ । थारु समुदायको अधिकारलाई स्थापति गर्नलाई कञ्चनपुरदेखि पुर्व चितवनसम्म थरुहट्÷थारुवान प्रदेश बनाउनुको साथै दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने उनीहरुको माग छ । 

संघीय राज्यमा स्थानीय जनताहरुको अधिकार स्थापित हुन जरुरी रहेको थारु बुद्धिजीवी सौगतविर चौधरीले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका चौधरीले थारु समुदायको अधिकारको लागि राजनीतिक पार्टीमा रहेका थारु नेताहरु आ–आप्mना पार्टीमाथि उठेर थारु समुदायको अधिकारको लागि लाग्नुपर्ने अहिलेको आवश्कता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो बेलापनि थारु नेताहरु आप्mनो अधिकारको लागि बोल्न सक्दैनन् भने कहिले बोल्ने ?’ राजनीतिक विश्लेषकसमेत रहनुभएका चौधरी भन्नुभयो– ‘अहिले राजनीतिदलहरुले गरेको ६ प्रदेशको सिमाङकनले थारु समुदाय अधिकार स्थापित गर्न सक्दैनर’ त्यसैले यो सिमाकंनको विरुद्धमा सवै थारुहरु एकतावद्ध भएर आन्दोलन गर्नुपर्ने उहाँले आवश्यकता औल्यानुभयो । 

त्यसैगरी नेकपा–माओवादीका केन्द्रीय सदस्य इन्द्रजीत थारुले थारु समुदायको जनसंख्यालाई तहसनहस् पार्ने गरी प्रदेश बनाएको आरोप लगाउनुभयोर उहाँले थारु समुदायको अधिकारलाई सुनिश्चत गर्ने नै हो भने पश्चिममा कञ्चनपुरदेखि पुर्वमा  चितवनसम्मको जिल्लालाई थरुहट÷थारुवान प्रदेश हुनुपर्नेमा जोडदिनुभयोर यसैगरी थरुहट तराई पार्टीका केन्द्रीय उपाध्यक्ष नन्दकुमार चौधरीले थारु समुदायको अधिकारको लागि पार्टीभन्दा माथि उठी आप्mनो पहिचानको लागि थारु नेताहरु अगाडी आउन जरुरी रहेको बताउनुभयो ।


थारु कल्याणकारिणी सभा दाङका सभापति तेजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बुझौना चौधरी, एनेकपा माओवादीका जगविर चौधरी, थारु बुद्धीजीवी चन्द्रप्रसाद चौधरी, केवी चौधरी, लक्ष्मीमान चौधरी, धनिराम  चौधरी, जानकी चौधरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण थारु कल्याणकारिणी सभा दाङका सचिव सन्तोष दहितले गर्नुभएको थियो ।
यसैबीच थारु कल्याणकारिणी सभा दाङको सोमवार घोराहीमा बसेको वैठकले केन्द्रीय कार्यक्रमअनुसार विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । थारु कल्याणकारिणी सभा दाङको सभापति तेजबहादुर चौधरीको अध्यक्षतामा वसेको बैठकले विभिन्न विषयमा निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमअन्तर्गत साउन २७ गते प्रमुख चार राजनीतिक पार्टीका अध्यक्षहरुको पुत्ला जलाउने, २८ गते झांकी जुलुससहित विशाल प्रर्दशन गर्ने, २९  गते मसाल जुलुस गर्ने र ३० गते आम हड्ताल (तराई बन्द) लगायतका कार्यक्रम तय गरेको छर आन्दोलन कार्यक्रमलाई सफल बनाउन थारु कल्याणकारिणी सभा दाङका सभापति तेजबहादुर चौधरीको संयोजकत्वमा  थारु संयुक्त सघर्ष समिति गठन गरेको छर संघर्ष समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, माओवादी, मधेशी लोकतान्त्रिक फोरम, थरुहट तराई पार्टी, संघीय समाजवादी फोरम नेपाल पार्टीलगायतको भातृसंगठनका थारु संघसस्था, थारु विद्यार्थी समाज लगायत सदस्य रहेका छन् ।
यसैगरी संयुक्त संघर्ष समितिका संयोजक तेजबहादुर चौधरीले प्रेस विज्ञप्ति जारी गरी थारु संयुक्त संघर्ष समितिले घोषणा गरेको कार्यक्रमलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, मानवअधिकारीकर्मी, यातायात समिति, पत्रकार, थारु संघसस्थाहरुलाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र निमार्णको सन्दर्भमा हामी इतिहासको महत्वपूर्ण घडीमा उभियकाछांैर नेपालको अखण्डता, राष्टिूयता र सार्वभौमसत्तालाई उच्च राख्न र समृद्ध बनाउन आदिवासी थारुहरुले गरेको योगदानलाई हामी सबैले कदर गर्न जरुरी छ ।’
त्यस्तै हालै संविधान निमार्णको क्रममा प्रस्तावित सिमाकंन अवैज्ञानिक र अलोकतान्त्रिक भएकोले आन्दोलन गर्नुपर्ने बाध्यता भएको विज्ञप्तिमा उल्लेख छ । संयक्त सघंर्ष समितिले अवैज्ञानिक ६ प्रदेश खारेज गर्नुपर्ने, पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरु निमार्ण गरिनुपर्ने, थारु बाहुल्यता भएका जिल्ला कैलाली, कञ्चनपुरसहितको थारुवान÷थरुहट प्रदेश घोषणा गर्नुपर्ने र  दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेको छ ।

Tuesday, August 4, 2015

मूर्दा शान्ति

सीएन थारु
विषय प्रवेश ः नेपाल के लौव संविधान शान्ति ओ विकासके लाग फलदायी बनी कि नै ? यी सवालम धेरवहस केन्द्रित होराखल विल्गाइठ । यिहे व्याला हो नेतृत्वके परीक्षण जहाँ नेतृत्व के निर्णय यथार्थ बोक्ले रहठ ओ विपरीत लहर हे चुनौती देना काम करठ । चार प्रमुख दलके शिर्ष नेतृत्व के भूमिका हेर्ल से असिन लागठ कि बोली के ठेगान नै रहल यी सक्कु दल विशेष के अगुवा किल हो । मञ्च पाइल कले से विसंगतीपूर्ण ओ अविश्वास लाग्ना अभिव्यक्ति देती आइल प्रमाण मिलठ ।
        संविधान मस्यौदा के सैद्धान्तिक आधार नवउदारवादी राजनीतिक विचारधारा हो । बुर्जुवा लोकतान्त्रिक गणतन्त्र नवउदारवादी राजनीतिक विचारधाराके राज्यव्यवस्था हुलेक कारण सामाजिक न्याय यी व्यवस्थाम सम्भव हुई नै सेक्ना प्रमाणीत होस्याकल । बुर्जवा लोकतान्त्रिक गणतन्त्रम कुछेक मनैन के लाग श्रोत साधनम पहुँच पुग्क हुकहनके प्रभूत्व कायम रहठ । संसारम करिब ५प्रतिशत मनैनके हाथम अभिन आधा अर्थतन्त्र नियन्त्रित बा ।
राजनीतिक विसंगति ः नेपालम शक्ति के लाग साम, दाम, दण्ड ओ भेद सक्कु प्रयोग हुइठ । शक्ति विना अस्तित्व विहिन हुई पर्ना मानसिकताले सनातन वर्णाश्रम धर्म विधान तयार कैगिल । याकर प्रयोग मार्फत राजा विष्णुके अवतार फें मानगिल मुले आजके वैज्ञानिक युगम सत्य स्थापित कराइक लाग प्रमाण जरुरी रहठ । विगतम शास्त्रके श्लोक, मन्त्र अथवा श्रुती प्रमाणके रुपम माने पर्ना स्थिति फे रहे । ऊ समयम जिम्मेवारी फे महसुस कैना मेरके धर्मतान्त्रिक व्यवस्था रहे । आज शक्ति के प्रयोग कैख कानुनी राज्यके कुरुपता देख मिलठ । संविधानम कानुनी राज्य उल्लेख करठ मुले शक्तिके आघ सामान्य निर्णय कर्ना विषय फें झन्झटिलो बनजाइठ ।
राजनीतिक संस्कार लोकतान्त्रिक हुई पर्ना मान्यता लेक पटक पटक संघर्ष हुइलेक देश हो । वि.स.१९९० के भुइचाल पश्चात नेपालम लोकतन्त्रके लहर चले लागल ओ २०७२ के भुइचाल सम्म निरन्तर लोकतन्त्र कसिन हुई पर्ना वहस चलटी बा । समावेशी लोकतन्त्र अथवा सामेली लोकतन्त्रके विषय वहसम उठलक कारण याकर सैद्धान्तिक जग खोजी करे पर्ना स्थिति बनल । लोकतान्त्रिक समाजवादी हुक्र यी विषयम धेर वहस चलाइठ । वि.पी कोइराला ओ नेहरुके विचम यी सवालम मतभेद रह जहाँ वि.पी. लोकतान्त्रिक समाजवादके वकालत कर्ती आइल । दोसर ओर नेहरु बुर्जुवा लोकतान्त्रिक गणतन्त्रके पक्षम आपन विचार सशक्त बनैती गइल । वि.पी. ओ नेहरुके प्रतिस्पर्धा दक्षिण एसियाम शुरुवात से देखमिलल । इन्डियाम ट्राइबल ओ पिछडावर्गके लाग विशेष सहुलियत देख सामेली लोकतन्त्रके अभ्यास कर्ती आइल मुले नेपाल के प्रभुत्वशाली वर्ग अभिन फे संसदीय राज्यव्यवस्थाके वकालत करती वहुलवाद सुनिश्चित करे पर्ना वि.पी. के राजनीतिक सन्तानहुक्रे दावी जोडतोड से कर्ती बा । यहाँ सम्म कि वि.पी. धर्म निरपेक्षताके सावलम प्रष्ट रहे जहाँ २०१५ सालके संविधानम राज्यके धर्म नै रहल स्वीकार कैगिल मुले आज महेन्द्रपन्थी हुक्रे हिन्दु अधिराज्यके ठाउँम धार्मिक स्वतन्त्रताके ननसेन्स वहस चलैटी बा । नवमाक्र्सवादी हुक्रे फे धार्मिक स्वतन्त्रता के वकवास करेलागल जौन और विसंगतीपूर्ण विचार लागठ  ।
मस्यौदा संविधान ः जनमत के कसिम मस्यौदा संविधान कुरुप देख मिलल । पक्ष ओ विपक्षम मत जाहेर हुइलेक स्थिति सामान्य हो मुले याकार सैद्धान्तिक आधारम कम वहस चलल विल्गाइठ । हुइना त सैद्धान्तिक विषयम सक्कुन के पहुँच नै पुग्ठ वहस चलाइटन; यहाँ मस्यौदाकार हुक्रे फे कानुनी भाषाके प्रयोगम कमजोर विल्गाइल । जनआन्दोलन २०६२/६३ के मर्म लगायत राष्ट्रिय मुक्ति आन्दोलनके विविध खाले आन्दोलन ओझेलम पार्लक स्थिति विल्गाइल । जातीय, वर्णिय , वर्गिय, लैङ्गिक, भाषिक, साँस्कृतिक, धार्मिक विभेदके आधार वर्णाश्रम धर्म विधानम आधारित एकात्मक राज्य व्यवस्था नै हो मस्यौदा किटान नै कर्ल । खस क्षेत्री एकता समाज(आदिवासी/जनजाति)के कार्यनीति ओ कार्यदिशाम स्पष्ट उल्लेख कैगिल कि “हमार समाज विकासके कडि वर्ण हो । आहेक मारे सामान्तवाद, नोकरशाही, दलाल, पूँजीपति वर्ग कुछेक अपवाद वाहेक वाहुनवादी एकल जातीय सर्वसत्तावादके प्रतिविम्ब किल हो । यहाँ मुख्य अन्तरविरोध भनेकै वाहुनवाद ओ राष्ट्रिय मुक्ति आन्दोलन विचके अन्तरविरोध हो । आब प्रहारके केन्द्रविन्दु कौनो सिधै वाहुनवाद िसर्वसत्तावादम केन्द्रित होखक चाही ।”
यी विश्लेषण सटिक देखमिलठ । राजनीतिक अन्तरविरोधके ऐतिहासिक भौतिकवादी विश्लेषण हेर्ल से मस्यौदा संविधान द्वन्द्व समाधान नै देहे सेकी । लम्बिंदो संक्रमणकाल के अन्त्य एक थान संविधान जारी कैक हुइसेक्ना स्थिति नै विल्गाइठ । वाहुनवादी एकल जातीय सर्वसत्तावादके पक्षपोषण बुर्जुवा लोकतान्त्रिक गणतन्त्र फे करी कना अनुमान होराखल ओर्से दीगो शान्तिके अपेक्षा करिब करिब ओराराखल । 
आसक्ति के विषय ः लौव नेपाल निर्माण के वहसम आत्मनिर्णयके अधिकार सहितके जातीय स्वशासन ओ संघीयता के विषय सँगे समानुपातिक प्रतिनिधित्व लोकतान्त्रिक माग के रुपम देख मिलल । धर्म निरपेक्षता हिन्दुधर्म के एकल दवदवा अन्त करकटन आदिवासी जनजाति संघ संस्था उठाइल करे । असिन अवस्थाम अधिकार सम्पन्न हुइपर्ना वात सर्वस्वीकार्य बन्ती रहलक व्याला आत्मनिर्णयके अधिकार ओ जातीय स्वशासन जसिन अधिकार जम्म मस्यौदा संविधानम हटाइल । कानुनके नजरम सक्कुजे समान हुइपर्ना तर्क पेश कर्क यहाँ असमान प्रस्पर्धाके मजाक उरैना काम हुइटा । संघीयताके विषय ओझेलम पार्क अंशम संविधान जारी कैना विषय सँगे जब सरोकार के विषय सक्कु हटैना प्रयास होराखल विल्गाइठ कलेसे आब धर्म निरपेक्षता उपर आशक्ति बह्रैना का जे ? सवाल उठे लागल । अभिनके मस्यौदाम स्वीकृती जनैना काम मृत्युपत्रम हस्ताक्षर कैना बराबर हो सभासद हुक्र कहठा मुले ओकर हैसियत याकर विकल्प खोजी करे सेक्ना स्थिति नै विल्गाइठ । आपन पार्टीके अस्तित्व ३प्रतिशत थ्रेस होल्ड स्वीकार कर्ती नाश कैना स्थितिम आज पुगल । ओहेक मारे जागिरे मानसिकता के सभासद से धेर अपेक्षा नाकरो कारण भविष्यम दुःखके तलुवाम डुबे परि । क्रान्तिकारी हुकनके यी स्थितिम फरक दृष्टिकोण बा । अन्तरविरोधके स्थिति क्रान्तिकारी नेतृत्वके लाग अवसर हो । याकर लाग लौव राजनीतिक संश्लेषण कैख धैर्यताके साथ संकटके समाना करे खोज्ठ क्रान्तिकारी नेतृत्व । राष्ट्रिय मुक्ति क्रान्ति केकर नेतृत्वम सम्पन्न हुई यी योजनाम निर्भर रहही । अर्थात् जेकर सँग वस्तुगत योजना रहही वर्तमान के यथास्थितिके विरुद्ध विद्रोह करे सेकी ओ भविष्यम शक्ति के श्रोत ओहे मेरके नेतृत्व बने सेकी । 
निष्कर्ष ः ऋगवेदके अनुसार ब्राह्मण विराट पुरुषके मुहसे जर्मल । संसारके अब्बल दर्जाके मनै ब्राह्मण हुइट ज्याकर ज्ञानले यी मनुष्य जगत लाभ लेहे सेक्ना अवस्थाम पुग्लक हो । बुद्धछिरिङ मोक्तानके फेसबुक स्टाटस से यी पता चलल कि कोइराला, सिटौला, दहाल, नेपाल, खनाल, ओली, भटराई ओ पौडेल ओहे ब्राह्मण कुलके हुइट । संविधान मस्यौदा करकटन ज्ञानी ब्राह्मण कुलके यीहे प्रभावशाली नेतृत्व योगदान करती रहलक व्याला का करे मस्यौदा परपीडक महसुस हुइल । जबकी बोलिभिया, इक्वेडोर अथवा इथियोपिया के मनैन यी ब्राह्मण कुलके नजरम मलेच्छ जाति रहल मुले ओहे मलच्छ जाति आज संसारके लोकतान्त्रिक संविधान जारी कैख समाजवाद उन्मुख राज्यव्यवस्था चलैटी बा । असिन महसुस हुइटा जब शक्तिके उन्माद ब्राह्मण कुलम देखमिलठ ताब याकर व्यवहार शुद्र के सँगे मिलठ । यी फे शास्त्रीय मान्यता हो । यहाँ चाहे नवउदारवादी धार होए अथवा माक्सवादी धार जहाँ फे ब्राह्मण कुलके मनैन शक्तिम रहलक कारण स्वभाविक हो कि कोइराला, सिटौला, दहाल, खनाल, नेपाल, ओली , भटराई ओ पौडेलम शक्ति उन्माद देखमिलल ओ व्यवहारिक रुपम शुद्रके विचार लेहल । यी मुर्दा शान्तिके डग्गर तय कर्ल । आब राष्ट्रिय मुक्ति क्रान्ति और सशक्त बनाइपर्ना बाध्यता आसेकल । राजनीतिक अन्तरविरोध वस्तुगत परिस्थिति त निर्माण कैसेकल मुले आत्मगत तयारी कमजोर हुलेक कारण तत्काल बुर्जुवा लोकतान्त्रिक गणतन्त्रके धार हे रोके सेक्ना स्थिति नै विल्गाइठ । राष्ट्रिय मुक्ति क्रान्तिके गम्भिर तयारी वेगर लोकतन्त्रके संस्थागत हुइसेक्ना वात वकवास किल हो । अभियानम निरन्तरता, संघर्षम जोड ओ विद्रोहके तयारी आबके राष्ट्रिय मुक्ति क्रान्तिके कार्यदिशा यीहे हो । डेरिक जेन्सन मान्यता बोकठ कि मालिक के घर सिर्फ एक औजार प्रयोग कैख ध्वस्त नै करे सेक जाई चाहे ऊ औजार कौनो विष्फोटक पदार्थ होए अथवा कौनो ह्यामर अथवा विमर्श । यी मान्यताले आब राष्ट्रिय मुक्ति क्रान्ति कौनो दोसर क्रान्तिके नक्कल अथवा अर्धनक्कल कैख सम्पन्न करे सेक्ना स्थिति नै हो ।